खेल

आइपीएलः दिल्ली–राजस्थान, हैदरावाद र बैंग्लोर खेल्दै

आइपीएलः दिल्ली–राजस्थान, हैदरावाद र बैंग्लोर खेल्दै

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा आज दुई खेल हुँदै छन् । पहिलो खेल राजस्थान रोयल्स र सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सबीच दिउँसो ४ः१५ बजेदेखि दिल्लीमा शुरु हुँदैछ । आजको खेल राजस्थानका लागि निकै महत्वपूर्ण छ । यो खेलमा पराजित भए ‘प्लेअफ’ को दौडबाट राजस्थान बाहिरिने छन् । दिल्ली भने यसअघि नै ‘प्लेअफ’ मा प्रवेश गरिसकेको छ । दिल्लीको लक्ष्य आज राजस्थानलाई हराउँदै अंकतालिकामा सुधार ल्याउने हुनेछ । 

 


शनिबार नै रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदरावाद खेल्दै छन् । यी दुई टिमबीचको खेल राति ८ः१५ बजेदेखि बैंग्लोरमा शुरु हुँदैछ । ‘प्लेअफ’ पुग्ने सम्भावना बाँकी राख्न आज हैदरावादलाई जित्नैपर्ने दबाब छ । तालिकामा हैदरावाद चौंथो स्थानमा छ । यता विराट कोहली नेतृत्वको बैंग्लोर भने लिग चरणबाटै बाहिरिएको छ । 

आइपीएल दिल्ली–राजस्थान हैदरावाद भर्सेस बैंग्लोर
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।