समाचार मुख्य समाचार ताजा खबर खेल

पन्तको बिष्फोटक ब्याटिङपछि दिल्ली क्यापिटल विजयी

पन्तको बिष्फोटक ब्याटिङपछि दिल्ली क्यापिटल विजयी

इण्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली क्यापिटलले राजस्थान रोयल्समाथि ५ विकेटको शानदार जित हासिल गरेको छ । बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै दिल्लीले राजस्थानको उपाधि यात्रा समाप्त पारेको हो । 

 


पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । राजस्थानका लागि परागले सर्वाधिक ५० रन बनाए । यस्तै, लिभस्टोङले १४ र एस गोपालले १२ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक पनि छुन सकेनन् । 

 


जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले रिसव पन्तको नटआउट ५३ रनको मद्दतमा जित हासिल गर्यो । पन्तले ३८ बलको सामना गर्दै २ चौका र ५ छक्का प्रहार गरे । दिल्लीले १६ दशमलव १ ओभरमा लक्ष्य पूरा गरेको हो ।