खेल

आइपीएलः कोलकातासँग पन्जाव ७ विकेटले पराजित

आइपीएलः कोलकातासँग पन्जाव ७ विकेटले पराजित

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को ५२औं खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) विजयी भएको छ । शुक्रबार राति मोहालीमा किंग्स इलाभेन पन्जावलाई ७ विकेटले हराउँदै कोलकाता विजयी भएको हो । पन्जावले दिएको १८४ रनको लक्ष्य कोलकाताले १८ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि शुभमन गिलले शानदार प्रदर्शन गरे । उनले ५ चौका र २ छक्काको मद्दतमा नटआउट ६५ रन प्रहार गरे । यस्तै कोलकाताका लागि क्रिस लिनले ४६, आन्द्रे रसेलले २४, रविन उथप्पाले २२ र कप्तान दिनेश कार्तिकले अविजीत ९ बलमा २१ रनको योगदान दिए । बलिङमा पन्जावका मोेहम्मद सामी, रविचन्द्रन आश्विन र एन्ड्रु टायले एक–एक विकेट लिए । 

 

यो जीतसँगै कोलकाताले ‘प्लेअफ’ पग्ने सम्भावना जीवितै राखेको छ ।  तालिकामा केकेआर १२ अंककासाथ पाँचौ स्थानमा छ । हैदरावाद र कोलकाताको अंक समान भए पनि नेट रनरेटका आधारमा हैदरावाद चौथो स्थानमा छ । यता पन्जाव भने ‘प्लेअफ’ को दौडबाट बाहिरिएको छ । उसले १३ खेलमा ८ मा हार र ५ खेलमा मात्रै जीत निकाल्दै १० अंक जोडेको छ । 

 

शुक्रबारको खेलमा टस हारेर ब्याटिङमो निम्तो पाएको पन्जावले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८३ रन बनायो । उसका लागि साम कुरनले शानदार प्रदर्शन गरे । उनले ७ चौका र २ छक्काको मद्दतमा २४ बलमा नटआउट ५५ रन बनाए । यस्तै, निकोलस पुरनले २७ बलमा ४८, मयंक अग्रवालले २६ बलमा ३६, मन्दिप सिंहले १७ बलमा २५ रन बनाए । बलिङमा कोलकाताका सन्दीप वारियरले २, नितीश राणा, आन्द्रे रसेल र ह्यारी गर्नीले एक–एक विकेट लिए ।

  

पन्जाव भर्सेस कोलकाता आइपीएल