खेल

टी–२० वरियतामा नेपालको ऐतिहासिक छलाङ

टी–२० वरियतामा नेपालको ऐतिहासिक छलाङ

आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरियतामा नेपालले ऐतिहासिक छलाङ मारेको छ ।

 

शुक्रबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको वरियताक्रममा ३ स्थान सुधार गर्दै नेपाल ११ औं स्थानमा पुगेको छ । यो नेपालको हालसम्मकै उच्चतम विन्दु हो । बुधवार आईसीसीले सार्वजनिक गरेको वरियतामा १४औं स्थानमा रहेको नेपालले स्कटल्याण्ड, जिम्बाब्बे र नेदरल्याण्ड्सलाई तल पार्दै ११ औं स्थानमा उक्लेको हो ।  

 

नेपालको २ सय १२ अंकसहित ११ औं स्थानमा रहँदा एक स्थान माथि रहेको बंगलादेश २ सय २० अंकसहित दशौं स्थानमा छ । पहिलो पटक विश्वभरीका अधिकतम टोली समेटिएको वरियताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ भने ८०औं स्थानमा लेसोथो रहेको छ ।