कला साहित्य

‘महर्षि’ बनाउन महेशबाबुका लागि तीन वर्ष पर्खे निर्देशकले 

‘महर्षि’ बनाउन महेशबाबुका लागि तीन वर्ष पर्खे निर्देशकले 

एजेन्सी । दक्षिण भारतीय फिल्म नायक महेश बाबुले नयाँ चलचित्र महर्षिका लागि तीन वर्ष प्रतिक्षा गर्ने निर्देशक भम्सी पैडिपल्लीलाई धन्यवाद दिएका छन् । नायक महेश बाबुसँग समय नभएपछि निर्देशक पैडिपल्लीले तीन वर्ष पछि धकलेर महर्षिको सुटिङ गरेका थिए । यो फिल्म आउँदो बिहीबारदेखि प्रदर्शनमा आउँदैछ । 

 

फिल्मको प्रि–रिलिज कार्यक्रममा नायक  महशेबाबुले भने, ‘जब यो फिल्मको स्क्रिप्ट लिएर निर्देशक म कहाँ आए, मैले १० मिनेट सुनेर उनलाई अस्वीकार गर्छु भन्ने सोचेको थिएँ । तर जब २० मिनेटसम्म स्क्रिप्ट सुने त्यसपछि मैले यो फिल्म गर्नैपर्छ भन्ने सोचे । तर मैले त्यसअघि नै दुई अरु फिल्मका लागि वचन दिइसकका कारण तीन वर्ष प्रतिक्षा गर्नुपर्ने बताएँ । उनले मेरो प्रस्ताव स्वीकार गरे ।’

 

एक राम्रो स्क्रिप्ट बोकेको निर्देशकले एक नायकका लागि तीन वर्ष पर्खन सक्दैन थियो । तर उनले दुई वर्ष त पूरै प्रतिक्षा गरे । बाँकी एक वर्ष निर्माणका लागि खर्च भयो । महर्षि महेशबाबुको २५ औं चलचित्र हो । 
 

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।