विदेश

मोदीको शपथग्रहण समारोहकै बीच बिजेपीको वेबसाइट ह्याक

मोदीको शपथग्रहण समारोहकै बीच बिजेपीको वेबसाइट ह्याक

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथग्रहण समारोहकै बीच भारतीय जनता पार्टी (बिजेपी) दिल्लीको वेबसाइट ह्याक भएको छ। ह्याकरले वेबसाइटका सबै पेजहरूलाई बदलिएर गाइको मासुका विभिन्न प्रकार परिकारको विज्ञापन डिस्पेल गराएका थिए।

वेबसाइटको होम पेजमा रहेको बिजेपीको इतिहासलाई बदलेर ह्याकरले बिफका बारेमा जानकारी राखिदिएका थिए। वेबसाइट ह्याक भएको केही समयपछि नै डाउन भएको थियो। त्यसलगत्तै उक्त लिंकलाई बिजेपीको आधिकारिक वेबसाइटलाई रि-डाइरेक गरिएको थियो।

यसअघि पनि लोकसभाको निर्वाचनको केही समय पहिला पनि बिजेपीको वेबसाइट ह्याक भएको थियो। वेबसाइट ह्याक भएको केही समयपछि डाउन भएको थियो।

नरेन्द्र मोदी