समाचार प्रदेश ७

टेन्डर हाल्न गएका ठेकेदारहरुले रामधुलाई भेटेपछि.....

टेन्डर हाल्न गएका ठेकेदारहरुले रामधुलाई भेटेपछि.....

 
बझाङ । बझाङको तल्कोट गाउँपालिकामा टेण्टर हाल्न गएका ६ जना ठेकेदार कुटिएका छन । जिल्लाको तल्कोट गाउँपालिकाको कार्यालयमा बुधबार टेन्डर हाल्न गएका ठेकेदारहरु शेरबहादुर खड्का, गणेश रोकाया, बबी खड्का, राजन धमेना, भरत रोकाया र देवराज जोशी कुटिएका हुन् ।

तल्कोट गाउँपालिकाले तल्कोटको पनाल्तदेखि स्याडासम्म सडक निर्माण, सिँचाई कुलो र हिमालय माविको भवन निर्माण गरी विभिन्न ३ वटा आयोजना निर्माणका लागि टेन्डर आह्वान गरेको थियो ।

स्थानीय ठेकेदारहरुले टेन्डर कब्जा गर्ने नियत राखी अन्य टेन्डर हाल्न गएका ठेकदारलाई कुटपिट गरेको ठेकेदार देवराज जोशीले जानकारी दिए । 
निर्माण व्यवसायी संघ बझाङले पनि ठेक्कापट्टामा स्थानीय ठेकदारहरुलाई नै निर्माणका लागि प्राथमिकता दिने सहमति गरेको छ । जिल्लाको तल्कोट गाउँपालिकामा स्थानीय ठेकेदारहरुले निर्माण व्यवसायी संघलाई ठेक्का मिलेवापतको रकम नदिँदा अन्य ठेकदारहरुले पनि टेन्डर खसाल्न खोज्दा झडप भएको ठेकदार चक्र बोहराले बताए । 

ADVERTISEMENT