मनोरञ्जन

५३ वर्षमा टेके सलमान, खोले विवाह नगर्नुको रहस्य

५३ वर्षमा टेके सलमान, खोले विवाह नगर्नुको रहस्य

काठमाडौं । बलिउड अभिनेताको सलमान खान ५३ वर्षका भए तर यो उमेरमा समेत उनी अविवाहित छन्। हुन त उनका प्रेमिकाहरूको सूची पनि लामै छ। तर धेरै जनासँग अफेयर चले पनि उनको विवाह भने कसैसँग हुन सकेन। हाल फिल्म भारतको प्रचारप्रसारमा व्यस्त रहेका सलमानले आफ्नो विवाहका बारेमा कुराकानी गर्दै आफ्नो अहिलेसम्म विवाह हुन नसक्नुको रहस्य खोलेका छन्।

 

उनका अनुसार आजसम्म विवाहका लागि कुनै युवतीले प्रस्ताव नै राखेका छैनन्। दैनिक भाष्करका अनुसार फिल्म भारतमा कट्रिनासँग स्क्रियन सेयर गरेका सलमानलाई सो फिल्मभित्र नायिका कट्रिनाले विवाहको प्रस्ताव राखेकी छन्। यसै प्रसंगलाई आधार मान्दै तपाईँलाई वास्तविक जीवनमा पनि कुनै युवतीले विवाहको प्रस्ताव राखेकी छन् भनेर सोधिएको प्रश्नमा सलमानले आफ्नो विवाह नहुनाका कारण खोलेका हुन्। उनले भनेका छन्– ‘मलाई वास्तविक जीवनमा कुनै पनि युवतीले विवाहको प्रस्ताव राखेनन्। समाचारअनुसार सलमानलाई कुनै पनि युवतीले विवाहको प्रस्ताव नराखेकामा भने दुःख लागेको छ। यो खबर नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।  

सलमान खान
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।