समाचार कभर स्टोरी अर्थ ताजा खबर देश

बजेट हाइलाइट्स कुनमा कति ?

कुनमा कति छ बजेट ?  

बजेट हाइलाइट्स कुनमा कति ?


काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा बुधबार आगामी आर्थिक वर्षको बजेट पेश गरेका छन् । अर्थमन्त्री डा. खतिवडाले आर्थिक वर्ष २०७६र०७७ को लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट पेश गरेका हुन् । बुधबार संघीय संसदमा पेश गरेको बजेटमा चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ विनियोजन गरिएको छ भने पूँजिगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख विनियोजन गरिएको छ । 
 

कुनमा कति छ बजेट ? बजेट हाइलाईटस् । 
शिक्षा : शिक्षामा १ खर्ब ६३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

 
स्वास्थ्य : स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरिएको छ । 


पुनर्निर्माणका लागि १ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । 


खानेपानी तथा सरसफाइ : खानेपानी तथा सरसफाइका लागि ४३ अर्ब ४६ करोड विनियोजन गरिएको छ । 


श्रम तथा रोजगार : श्रम तथा रोजगार क्षेत्रमा ७ अर्ब १४ करोड रुपैयाँ, सामाजिक सुरक्षा कार्यक्रमको लागि ६४ अर्ब ५० करोड विनियोजन गरिएको छ । 


कृषि तथा पशुपंक्षी : कृषि तथा पशुपंक्षी क्षेत्रका लागि ३४ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको छ । 

महिला वालिका तथा ज्येष्ठ नागरिकहरुका क्षेत्रमा ७८ करोड रुपैयाँ विनियोजन गरिएको छ । 


 वन तथा वातावरण क्षेत्रका लागि १५ अर्ब ४९ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

भूमिसुधार तथा सहकारी ७ अर्ब ६९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।


पर्यटन क्षेत्र : पर्यटन क्षेत्रका लागि २२ अर्ब ६८ करोड रुपैयाँ विनियोजन गरिएको छ । 
 वाणिज्य तथा आपूर्ति : वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि ११ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

भूमि तथा सहकारी : भूमि तथा सहकारीमा सात अर्ब ५९ करोड बजेट विनियोजन गरिएको छ । 
मेट्रो तथा मोनोरेल : मेट्रो तथा मोनोरेल  का लागि ७ अर्ब ७० करोड बजेट विनियोजन गरिएको छ । 
उर्जा : उर्जा क्षेत्रका लागि ८३ अर्व ४९ करोड विनियोजन गरिएको छ । 
सिंचाई क्षेत्र : सिँचाई क्षेत्रमामा २३ अर्ब ६३ करोड विनियोजन गरिएको छ । 
स्थानीय तहका लागि १ खर्ब २३ अर्ब ८९ करोड सशर्त अनुदान दिइएको छ । 
महिला बालबालिका तथा जेष्ठ नागरिक : महिला बालबालिका तथा जेष्ठ नागरिक का लागि ७८ करोड बजेट विनियोजन गरिएको छ । वृद्धभत्ता एक हजार बढेर तीन हजार पुग्यो । 
खेलकुद क्षेत्र :  खेलकुद क्षेत्रलाई ३ अर्ब ९९ करोड बजेट विनियोजन गरिएको छ ।