समाचार कभर स्टोरी Breaking News अर्थ

अर्थमन्त्रीद्धारा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट पेश

अर्थमन्त्रीद्धारा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट पेश


काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६र०७७ को लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट पेश गरेका छन् । बुधबार संघीय संसदमा पेश गरेको बजेटमा चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ विनियोजन गरिएको छ भने पूँजिगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख विनियोजन गरिएको छ । 


१५ खर्बको ३२ अर्बको बजेटका लागि राजश्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख, वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब ३३ करोड जुटाइने छ । त्यस्तै आन्तरिक ऋणबाट १ खर्ब ९५ अर्ब व्यवस्थापन गरिने अर्थमन्त्रीले जानकारी दिए ।