स्वास्थ्य

दमका रोगीले के खाने ?

दमका रोगीले के खाने ?

दीर्घ दमरोगीमा सास फेर्दा सक्रिय हुने मांसपेसी विभिन्न कारणले कमजोर हँुदै जान्छन् । खाना खाँदा दम बढ्नु, पाचन प्रणाली कमजोर हुनु, खानामा रुचि घट्नुजस्ता कारणले बिरामीले आवश्यक मात्रामा खाना खान सक्दैनन् ।

फलस्वरूप शरीरसँगै प्रतिरोधी क्षमतासमेत कमजोर हुँदै जान्छ । जसले गर्दा रोग निको हुन समय लाग्ने हुन्छ । तसर्थ, दम रोगका बिरामीले खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ । उनीहरूका लागि यस्तो खानपान आवश्यक छ ।

 शक्तिवद्र्धक खाना

खानामा अरुचिका कारण बिरामीमा तौल घट्दै जान्छ । पर्याप्त खानेकुराको अभावमा शरीरलाई आवश्यक शक्ति आर्जन गर्न मांसपेसी बढी प्रयोग हुन्छन् । जसले गर्दा कमजोरीपन हुन्छ । तसर्थ, दैनिक प्रशस्त मात्रामा शक्ति दिने खानेकुरा खानुपर्छ । 

आवश्यक  मात्रामा चिल्लो

चिल्लो खानेकुराको सेवनले शरीरमा कार्बनडाइअक्साइड कम जम्मा भई सास फेर्न सजिलो हुन्छ । त्यसैले, खाना पकाउँदा वनस्पति तेलको प्रयोग गरी चिल्लो खानेकुरा खान सकिन्छ । तर, पशुजन्य स्रोतबाट प्राप्त हुने चिल्लो खानेकुरा खानुहुँदैन । जस्तै, बोसोयुक्त मासु, अत्याधिक नौनी, घिउ आदिले रगतमा कोलेस्ट्रोलको मात्रा बढाउँछ ।

प्रोटिन

दम रोगीमा श्वासप्रणालीको मांसपेसी च्यातिने डर हुन्छ । यसको पुनर्निर्माणका लागि प्रोटियुक्त खाना आवश्यक हुन्छ । त्यसका लागि दाल, गेडागुडी, माछा, मासु, अन्डा, भटमास तथा दूधजन्य खानेकुरा नियमित खानुपर्छ । 

झोलिलो खानेकुरा

शरीरमा पानीको मात्रा कम भएमा सास फेर्न गाह्रो हुन्छ । त्यसैले, प्रशस्त मात्रामा झोलिलो खानेकुरा खाँदा शरीरमा पानीको मात्रा कम हुन पाउँदैन । त्यस्तै, नुन आवश्यक मात्रामा मात्र प्रयोग गर्नुपर्छ । यो खबर नयाँ पत्रिकाका लागि छातीरोग विशेषज्ञ श्वासप्रश्वास विभाग त्रिवि शिक्षण अस्पतालका प्राडा नीरज बमले लेखेका हुन्।

दम
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।