समाचार

संविधान विपरीतका विधेयक पारित हुन दिन्नौं– बालकृष्ण खाँण

संविधान विपरीतका विधेयक पारित हुन दिन्नौं– बालकृष्ण खाँण

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक खाँणले प्रधानमन्त्री केपी ओली संसद र जनप्रतिनिधिको अपहेलनामा उत्रिरहेकाले त्यस विरुद्ध आफ्नो पार्टी दृढतापूर्वक उभिने बताउनु भएको छ ।

 
 संविधानको प्रावधानलाई कुल्चिने गरी सरकारले ल्याएको कुनै पनि विधेयक संसदबाट अघि बढाउन नदिने प्रमुख सचेतक खाँणको भनाई छ । 
पार्टीको राष्ट्रिय जागरण अभियान अन्तर्गत आइतबार काठमाडौंमा भएको कार्यक्रममा उहाँले संविधानको रक्षा गर्न नेपाली काँग्रेसलाई प्रधानमन्त्री केपी ओली आफैले सडकमा जान बाध्य बनाएको दावी  गर्नुभयो । 


प्रमुख सचेतक खाँणले सरकारले संसदमा पेश गरेको प्रेस स्वतन्त्रता, मानव अधिकार र राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयको प्रतिकूल हुने गरी आएका विधेयक संसदबाट फिर्ता नभए सडक आन्दोलनमा जान आफ्नो पार्टी बाध्य हुने  स्पष्ट पार्नु भयो । 


दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री ओली विनम्र हुनु पर्नेमा संसद र जनप्रतिनिधिहरुप्रति अनुदार हुँदै गएकाले विरोध गर्नु परेको खाँणले स्पष्ट पार्नु भयो ।  
 

प्रधानमन्त्री केपी ओली प्रमुख प्रतिपक्ष दल
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।