कला साहित्य

गोल्डेन ऐश्वर्या, गार्डेन प्रियंका

गोल्डेन ऐश्वर्या, गार्डेन प्रियंका

विश्वका कलाकारहरुको महाकुम्भ मानिने फ्रान्सको कान्समा भएको फिल्म फेस्टिबल २०१९ मा  बलिउड सेलिब्रेटीको उपस्थिति उल्लेख्य रह्यो । फेस्टिबल सकिएपनि त्यसको चर्चा परिचर्चाले अझै बलिउड तातिरहेकै छ । 

फेस्टिबलमा यसै वर्ष विवाह बन्धनमा बाँधिएका सेलिब्रेटी प्रियंका चोपडादेखि दीपिका पादुकोणसम्मले सक्रिय सहभागिता जनाए । प्रियंका चोपडा पति निकसंग विभिन्न नखरामा देखा परिन् ।

उमेरले नेटो काटेपनि सधैंकी सुन्दरी ऐश्वर्या राय गोल्डेन कलरमा देखा परिन् । उनको यो गेटअपले बलिउडमा चर्चा पाएको छ । तिनै मध्येको एउटा प्रस्तुति उनले छोरी आराध्यलाई संगै लिएर दिएकी छन् । बच्चन परिवारको पारिवारिक अनुशासनका कारण जुनियर बचन आराध्यको फोटो कमै सार्वजनिक हुने गर्छ ।

 

 

कान्समै करिना कपूर र सैफ अलि खान जोडीको फोटोले पनि व्यापक चर्चा बटुलेको छ । जुन फोटोमा करिनाले सैफको जुँगा मिलाइदिँदै छिन् । 
 

गोल्डेन ऐश्वर्या फिल्म फेस्टिबल २०१९