अन्तरवार्ता भिडियो कभर स्टोरी

हिमानी राजमाता र हृदयन्द्र राजा बन्ने सम्भावना (भिडियोसहित )

नेपालसंगै भारत पनि हिन्दू राष्ट्र 

हिमानी राजमाता र हृदयन्द्र राजा बन्ने सम्भावना (भिडियोसहित )


प्रख्यात ज्योतिष पण्डित डा. रूद्रनाथ अधिकारीले पूर्व युवराज्ञी हिमानी शाह राजमाता र उनका छोरा हृदयन्द्र राजा बन्ने सम्भावना प्रबल रहेको बताएका छन् । 

 


भारतमा भारतीय जनता पार्टी (भाजपा) को उदयसंगै नरेन्द्र मोदी पुनः प्रधानमन्त्री हुने तयारीमा रहेकाबेला ज्योतिष अधिकारीले आउँदो फागुन भित्र राजसंस्थाले कुनै न कुनै ‘स्पेस’ पाउने दावी गरेका हुन् । 

 


राजसंस्थाले ‘स्पेस’ पाउने प्रवल सम्भावना रहेपनि यसका लागि प्रयास भने गर्नुपर्ने उनको भनाइ छ । हिमानी शाह आफै सक्रिय भएर जनतामाझ गए छिटो भन्दा छिटो यो काम पूरा हुने उनको दावी छ । 

 

">
उनी भन्छन्, ‘ नेपालमा निकै सम्मान गर्न लायक नारी हुन हिमानी शाह । उनको राजमाता हुने योग छ । यसका लागि उनी कुनै न कुनै रुपमा जनतासामु जानुपर्ने हुन्छ । राजनीतिक दल खोलेर चुनाव लडे पनि त्यो नेपाल र नेपालीका पक्षमा हुनेछ । राजसंस्थाको परम्परा अघि बढ्ने छ । ’

 


‘हिमानी पुत्र हृदयन्द्रको राजयोग छ । उनको राजा बन्ने सम्भावना प्रबल छ । उनको कुण्डलीमा नेपालका लागि ठूलो योगदान गर्ने प्रष्टरुपमा देखिन्छ । यसका लागि उनलाई पूर्वराजा ज्ञानेन्द्र शाहले सहयोग गर्नुपर्छ । ज्ञानेन्द्र आफै सक्रिय भएर राजा बन्नतर्फ लागे झन ठूलो नोक्शान हुनेछ । उनले अभिभावकत्व ग्रहण गर्दै नातीलाई अघि बढाए उनको पनि छवि सुधारिने र राजसंस्था पनि पुनस्र्र्थापित हुने छ । ’ अधिकारी बताउँछन् । 

 


ज्योतिष अधिकारीका अनुसार भारतीय जनता पार्टी (भाजपा) ले अब चाँडै आफनो मुलुकलाई  हिन्दू राष्ट्र बनाउन पहल थाल्ने छ । भाजपाको पहलमा भारतमा धर्मनिरपेक्षता हट्ने छ । त्यो बेला केही खैलाबेला र तनावको अवस्था पनि उत्पन्न हुने देखिन्छ । 

">


त्यहीबेला  नेपालमा पनि हिन्दू राष्ट्र पुनस्र्थापनाको पहल अघि बढ्नेछ । नेपालका राजनीतिक दलहरु भारतको  प्रभावसंगै आफनै मुलुक भित्रको दवाव झेल्न नसकेर संविधान संशोधन गर्न वाध्य हुनेछन् । मुलुक हिन्दु राष्ट्र घोषणा हुनेछ । यसको सुरुवात आउँदो असारबाट सुरु हुनेछ । 

 


आउँदो असार महिनाबाट मुलुकका शक्तिशाली व्यक्तिहरु जेल जान सुरु हुनेछ । पूर्व प्रधानमन्त्रीसहित सरकारका मन्त्री र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति जेल जाने निश्चित भएको अधिकारी बताउँछन् । 

 


‘जेल जानेहरुको अहिले सूची बन्दैछ, लेखेर राख्नुस, जेल जाने अधिकांशहरुलाई भ्रष्टाचारको मुद्दा लाग्नेछ । ’ अधिकारीले दावीकासाथ भने । 
जर्मनी, बंगलादेश तथा संयुक्त राष्ट्रसंघका विभिन्न निकायमा रही कुटनीतिक जिम्मेवारीसमेत सम्हालेको अनुभव रहेका ज्योतिष अधिकारीले नेपाल र भारतमा कांग्रेस पार्टी अब नाममा मात्र सिमित भएको तर्क गरे । 

 


उनले भने, ‘ भारतीय राजनीतिबाट त गान्धी परिवार समाप्त नै भयो, अब कहिल्यै उठन सक्दैन । नेपालमा पनि कांग्रेस समाप्तीतर्फ गयो । जहाँसम्म नेपालको नेकपा पार्टी छ, यो आउँदो चुनावसम्म त जसोतसो रहन्छ, तर आन्तरिक विग्रह भने चरम अवस्थामा पुग्नेछ । ’

">

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।