मुख्य समाचार प्रदेश ७

आगलागीमा परी अछाममा ७ घर जलेर नष्ट

आगलागीमा परी अछाममा ७ घर जलेर नष्ट

अछाम । अछाममा भीषण आगलागी हुँदा ७ घर जलेर नष्ट भएको छ । जिल्लाको ढकारी गाउँपालिका–४ बलातामा आगलागी हुँदा ७ घर जलेर नष्ट भएको हो । शुक्रबार बेलुका गहुँगडामा नल पोल्नका लागी बालिएको आगो हावाले उडाएपछि गाउँमा आगलागी भएको ढकारी–४ का वडाध्यक्ष भक्तबहादुर बुढाले जानकारी दिए ।  

 

आगलागीबाट वडाध्यक्ष भक्तबहादुर बुढा, ईन्द्र बुढा, मीनबहादुर बुढा, जोगी बुढा, रूजा बुढा, न्यानु बुढा, धर्म बुढा लगायतका घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । आगलागीबाट करोडौँको क्षति भएको स्थानीय पदम बुढाले बताए। आगलागीमा परेर गोठमा बाँधिएका बाख्रा र गाई पनि मरेका छन । स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका छन्। क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

अछाम भीषण आगलागी