इतिहासमा आज

विश्व थाइराइड दिवस : के हो थाइराइड रोग ?

विश्व थाइराइड दिवस : के हो थाइराइड रोग ?

काठमाडौं : आज विश्व थाइराइड दिवस विविध कार्यक्रम गरि मनाईँदै छ । हरेक वर्ष मे २५ का दिन यो दिवस मनाउने गरिन्छ ।

आज पनि विभिन्न जनचेतनालगायतका कार्यक्रम गरेर विश्व थाइराइड दिवस मनाइँदै छ। नेपालमा कुल जनसंख्याको ४ दशमलव ५ प्रतिशत मानिसलाई थाइराइड रहेको तथ्यांक रहेको छ ।

के हो थाइराइड रोग ?

मानव शरीरमा रहेको रुद्रघण्टीको तलतिर रहने ग्रन्थीलाई थाइराइड ग्रन्थी भनिन्छ । यो पुतली आकारको हुन्छ । यो ग्रन्थीले हर्मोन उत्पादन गर्ने गर्छ । यो हर्मोनले शरीरमा मोटावोलिजम नियन्त्रण गर्छ ।

थाइराइडलाई पिट्युटरी ग्रन्थीले नियन्त्रण गर्छ । यी हर्मोनहरुको शरिरको बृद्धि विकासमा अहम भूमिका हुन्छ । थाइराइड ग्रन्थीमा देखिने समस्याबाट हर्मोन उत्पादनमा असन्तुलन हुन्छ र रोग लाग्छ । त्यो रोगलाई थाइराइड रोग भनिन्छ।

थाइराइड