स्वास्थ्य

रोनाल्डोले भ्रम छर्दैछन्, विज्ञले भने, ‘सिक्स प्याक बेल्टको कुनै फाइदा हुँदैन’

रोनाल्डोले भ्रम छर्दैछन्, विज्ञले भने, ‘सिक्स प्याक बेल्टको कुनै फाइदा हुँदैन’

एजेन्सी ।   पेटमा सिक्स प्याक  निकाल्ने, मसल पनि कसिलो र ठूलो बनाउन प्रयोग हुने सिक्स प्याक बडी मसाजर वा यस्तै नामबाट गरिने एक जापानी उत्पादनमा फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले मोडलिङ गरेको देख्नु भएको छ ? अवश्य पनि देख्नु भएको होला । उनी सो उत्पादनका अफिसियल एम्बासडर हुन् । 

 

सिक्सप्याड एब्डोमिनल बेल्टको विज्ञापनमा बढी आउने रोनाल्डोले जुन बेल्ट प्रयोग गरेर आफ्नो पेटमा सिक्स प्याक निस्केको दावी गर्छन्, वास्तविकतामा त्यस्तो केही पनि हुँदैन । विज्ञहरुले भनेका छन्, ‘ यो उपकरणले मसलको वृद्धिमा कुनै भूमिका खेल्दैन । मांसपेशी स्ट्युमुलेट गर्ने यो एक विद्युतीय उपकरण मात्रै हो ।’

 

ग्लास्गो विश्वविद्यालयका फिजिओलोजी तथा खेल विज्ञानका प्रोफेसर डा. निअल फर्लान भन्छन्, ‘खेल विज्ञहरु यस्ता उपकरणहरु खलाडी चोटग्रस्त हुँदा प्रयोग गर्छन् ताकी चोट चाँडो निको होस् । तर यो उपकरणले सिक्स प्याक निस्किने र मसल ठूलो हुने भनेर दूरुपयोग गरिएको छ ।’

 

उनले भने, ‘तपाईंले यो उपकरण प्रयोग गर्नुभयो भने यसको तरंगले रक्तसंचार बढाइदिन्छ । मसल ठूलो भएको महशुस पनि गर्नुहुन्छ । तर त्यसले मसल अलिकति सुन्निएको मात्रै हुन्छ । ४० मिनेट पनि मसल पहिलेकै आकारमा फर्किन्छ ।’