मनोरञ्जन

रणवीरले बेचे पूर्वप्रेमिकाका लागि किनेको घर

रणवीरले बेचे पूर्वप्रेमिकाका लागि किनेको घर

एजेन्सी : बलिउड स्टार रणवीर कपुर यतिबेला अभिनेत्री आलिया भट्टसँग नाता जोड्ने तयारीमा छन्। रणवीर र आलियाबीच विवाह गर्ने स्वीकृति उनीहरुको परिवारले समेत दिइसकेको छ।

कुनै समय थियो, रणवीर क्याट्रिना कैफको प्रेममा भुतुक्क भएका थिए। यतिसम्म कि क्याट्रिनाको लागि रणवीरले आफ्नो परिवारसमेत त्यागेका थिए। उनी आफ्नो घर छाडेर छुट्टै अपार्टमेन्टमा क्याट्रिनासँग बस्न थालेका थिए।

रणवीरले क्याट्रिनाका लागि अपार्टमेन्ट किनिदिएका थिए। जबसम्म क्याट्रिना र रणवीरबीच प्रेम सम्बन्ध रह्यो, तबसम्म उनीहरु त्यही अपार्टमेन्टमा सँगै बसे। उनीहरुबीचको प्रेम सम्बन्ध बिग्रिएपछि क्याट्रिना अर्को घरमा छुट्टै बस्न थालिन् भने रणवीर आफ्नै घर फर्किए।

समाचारअनुसार रणवीर कपुरले अहिले क्याट्रिनाका लागि किनेको अपार्टमेन्ट बेचिदिएका छन्। आमा नितु सिंहले रणवीरलाई अब आइन्दा कुनै अपार्टमेन्ट किन्नुपर्दा आफूसँग स्वीकृति लिएर मात्र खरिद गर्न चेतावनी दिएकी छिन्।

रनवीर कपूर
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।