समाचार प्रदेश ७

कञ्चनपुरको डोकेबजारमा तनाव, मदिरामा लठ्ठ प्रहरीले कुटे वडाध्यक्ष

कञ्चनपुरको डोकेबजारमा तनाव, मदिरामा लठ्ठ प्रहरीले कुटे वडाध्यक्ष

कैलाली । कञ्चनपुरको डोके बजार क्षेत्रको अवस्था तनावपूर्ण बनेको छ । किशोर, किशोरीले भागेर विवाह गर्न खोजेपछि भएको विवादले डोकेबजार क्षेत्र तनावपूर्ण भएको हो । जिल्लाको पुनर्वास नगरपालिका–११ का १५ बर्षीय रोमन विक र १४ बर्षीय पुष्पा तामाङले भागेर विवाह गर्न खोजेपछि केटा पक्षकाले प्रहरीलाई खवर गरेका थिए ।

 

सम्झौताका लागि दुवै पक्षलाई प्रहरी चौकी पचकडीयामा बोलाईएकोमा केटालाई घर परिवारको जिम्मा लगाईएको थियो । तर केटी पक्षको कोही नआएको भन्दै ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरिक्षक कर्णवहादुर बमले ईलाका प्रहरी कार्यालयमा लैजान खोजेपछि स्थानीयले विरोध गरेका थिए । सोही क्रममा प्रहरीले लाठीचार्ज गर्दा वडा नम्वर ११ का अध्यक्ष तुलसी अर्यालसहित तीन जना घाईते भएका छन् ।

 

वडा नम्वर ११ का अध्यक्ष अर्यालले मदिरा सेवन गरेका प्रहरीले एक्कासी लाठी चार्ज गरेपछि आफू सहित तीन जना घाईते भएको बताए। स्थानीय मिन बहादुरले प्रहरी निरिक्षक बम सहितका प्रहरी कर्मचारी मदिरामा लठ्ठ रहेको र स्थानीयसंगै जनप्रतिनिधिमाथि समेत ज्यादती गरेको आरोप लगाए । प्रहरीको ज्यादतीका विरुद्धमा गयरातीदेखि नै स्थानीयले आन्दोलन सुरु गरेका छन् । प्रहरीचौकी अगाडी नारावाजी गर्दै उनीहरुले सो क्षेत्रमा रहेको हुलाकी सडक समेत अवरुद्ध गरेका छन्। 

कञ्चनपुर डोके बजार