देश

मृतक सबैको सनाखत

मृतक सबैको सनाखत

सुर्खेतबाट खाद्यान्न बोकेर दैलेखको ठाँटीकाँध गाउँपालिकातर्फ जाँदै गरेको ना८ख ३२८३ नंको मिनिट्रक दुर्घटनामा परेका तीनै जनाको सनाखत भएको छ ।

 

दैलेखको गुराँस गाउँपालिका–१ निगाल झाप्रामा दुर्घटना हुँदा मृत्यु भएका तीन जना ठाँटीकाँध गाउँपालिका–६ का जोरबहादुर थापा, धर्मथापा र दीपेन्द्र थापा रहेको स्थानीय प्रत्यक्षदर्शीले हिमाल खत्रीले बताए ।

 

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखबाट गएको प्रहरी निरीक्षकको प्रेम क्षेत्रीको टोली घटनास्थलमा पुगिसकेको छ । ट्रकमा पेट्रोलको जर्किन राखिएकाले दुर्घटनासँगै पेट्रोलका कारण आगलागी भएको हुनसक्ने क्षेत्रीले बताए । सडकबाट ३०० मिटर तल खसेको गाडीको पछाडिको चक्का पूरै जलेको छ ।

 

सेतो गाडी कालो देखिएको छ । मृतकको शव पहिचान गर्न नसक्ने अवस्थामा रहेको छ । प्रत्यक्षदर्शी प्रहरी ठगीराम शर्माले जानकारी दिए । ट्रकमा भएको चामल, चाउचाउ भिरभरि छरपष्ट परेको स्थानीयले जानकारी दिएका छन् ।

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।