समाचार प्रदेश ७

जहाँ यार्सागुम्बासँग रक्सी साटिन्छ !

जहाँ यार्सागुम्बासँग रक्सी साटिन्छ !

बझाङ । संकलकले यार्सागुम्बा मदिरासँग साट्ने गरेको पाइएको छ । मदिरा व्यापारीले पनि मौकाको फाइदा उठाउँदै कालोबजारी गर्न थालेका छन् । व्यापारीले सर्वसाधारण संकलकबाट यार्सागुम्बा हात पार्न र नाफा कमाउन लेकमा मदिरा लगेर बेच्ने गरेका हुन् । बझाङका सुर्मा र साइपाल गाउँपालिकाले यार्सागुम्बा पाइने चालावन, धनसेरी, कालापानी, सुर्मा ताल, माझा, राइढुंगी, विनायक नाङना, साइपाललगायत क्षेत्रलाई मदिरा निषेधित घोषणा गरे पनि व्यापारीले लुकिछिपी लैजाने सिलबन्दी तथा लोकल मदिरासँग संकलकले यार्सागुम्बा साट्ने गरेका छन्।

 

‘दिनभर हिउँमा यार्सागुम्बा संक्लन गरिन्छ। बेलुका चिसो हटाउन र थकान मेटाउन यार्सागुम्बासँग मदिरा साटेर पिइन्छ,’ साइपाल–१ का रामबहादुर बोहोराले भने, ‘सदरमुकाम चैनपुरमा २ सय ५० रुपैयाँमा पाइने एक क्वाटर भर्जिनलाई लेक क्षेत्रमा एक हजार २ सयभन्दा बढी पर्छ। प्रतिगोटा यार्सागुम्बा सानोको ४ सय र ठूलोको ५ सय रुपैयाँसम्म मूल्य तोकिन्छ। व्यापारीले कहाँबाट र कसरी मदिरा ल्याउँछन्, थाहा छैन। हामीले आफैं खान ल्याउँछौं भन्दा पाइँदैन।’ यो समाचार आजको नागरिक दैनिकबाट लिइएको हो ।

मदिरा यार्सागुम्बा