समाचार

चट्याङ लागेर एकको मृत्यु, २ जना गम्भीर घाइते 

चट्याङ लागेर एकको मृत्यु, २ जना गम्भीर घाइते 

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका–२ बैकुण्ठमा बुधबार राति हावा हुरीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर अन्य दुई जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहका अनुसार चट्याङ लागेर बैकुण्ठकी ६५ वर्षीया साइलीमायाँ मोक्तानको मृत्यु भएको हो ।  

 

यस्तै चट्याङ लागेर यही ठाउँका ३९ वर्षीय विनामायाँ मोक्तान र ७० वर्षीय डोल्मा बल गम्भीर घाइते भएका छन् । उनीहरुको डाँडाखर्क स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

चट्याङ मकवानपुर