विदेश

टिकटक सेलिब्रिटी जिम ट्रेनर मोहितको गोली हानी हत्या

टिकटक सेलिब्रिटी जिम ट्रेनर मोहितको गोली हानी हत्या

एजेन्सी । मोबाइल भिडियो एप टिकटक सेलिब्रिटी एक जिम ट्रेनरको गोली हानी हत्या गरिएको छ। उनको दिल्ली नजफगढ इलाकामा गोली हानी हत्या गरिएको हो । घटना मंगलबार बिहान सवा पाँच बजेको हो ।

मृतकको नाम मोहित मोर बताइएको छ । आफ्ना साथीलाई भेट्न पसलमा गएका बेला उनीमाथि गोली प्रहार भएको थियो। उनीमाथि तीन बन्दुक धारीले १३ पटक गोली प्रहार गरेकोमा उनलाई सातवटा गोली लागेको प्रहरी अधिकारीको भनाइ उद्धृत् गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन्।

एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै इन्डिया टुडेले भनेको छ, 'मोहित जब आफ्ना साथीसँग कुरा गरिरहेका थिए तब तीन बन्दुकधारी पसलमा छिरेर १३ पटक गोली हाने । मोहित पसलकै एक सोफामा ढले । उनलाई नजिकैको अस्पताल पुर्‍याइयो जहाँ डाक्टरले उनलाई मृत घोषणा गरे । उनलाई सातवटा गोली लागेको थियो ।’

पुलिसका अनुसार तीनैजना हमालाकारीले कालो रङको हेलमेल लगाएका थिए । उनीहरु एउटा स्कुटीमा आएका थिए र हमालापछि एउटा गल्लीबाट भागेको सिसिटिभी फुटेज देखिएका छन् ।

एक प्रहरी अधिकारीले भने, ‘हामी आरोपीलाई पहिचान गर्ने कोसिस गरिरहेका छौं । सुरुवाती अनुसन्धानमा यो आपसी द्वेष र पैसाको विवादको मुद्दा देखिन्छ ।’ मोहितको टिकटक र इन्स्टाग्रामलगायत सामाजिक सञ्जालका साथै उनको कल डिटेल्सको पनि अनुसन्धान भइरहेको प्रहरी अधिरकारीले जानकारी दिएका छन् ।

टिकटक