कभर स्टोरी

‘पुरुष समलिंगीहरु (गे’)मा एचआइभी/एड्सको जोखिम उच्च हुन्छ’(भिडियोसहित)

‘पुरुष समलिंगीहरु (गे’)मा एचआइभी/एड्सको जोखिम उच्च हुन्छ’(भिडियोसहित)

काठमाडौं । लक्ष्मी घलान, मितिनी नेपालका अध्यक्ष हुन् । मितिनी नेपालले लेस्बियन महिलाहरुको हकहितको वकालत गर्छ । लक्ष्मीका अनुसार लेस्बियन महिलाहरु पनि पूर्णतः महिला नै हुन् तर उनीहरु पुरुषसँग शारीरिक सम्बन्ध राख्नु प्राकृतिक ठान्दैनन् । उनीहरुको रोजाईमा महिला नै पर्छन् । 

 

यस्तो चाहना केही व्यक्तिमा प्राकृतिक रुपमै उत्पन्न हुन्छ । जसलाई मेडिकल साइन्सले पनि स्वीकार गरेको छ । कतिपयलाई समलैगिकता रोग हो भन्ने पनि पर्छ । तर लक्ष्मीको मतमा यो रोग होइन, सामान्य प्राकृतिक अवस्था हो । जुन कम मानिसमा देखिन्छ । 

 

मितिनी नेपालले समलिंगी भएका कारण विभेद खेपेका महिलाहरुका लागि काम गर्छ । कतिपयलाई सेल्टर पनि दिएको छ । समाजमा समलिंगीलाई हेर्ने दृष्टिकोण राम्रो छैन । यस्तो परिवेशमा काम गर्न चुनौतीपूर्ण नै हुन्छ । तर पनि मितिनी नेपालले काम गरिरहेको छ । 

 

">

 

नेपालमा समलिंगी महिलाको रुपमा पहिलो पटक सार्वजनिक हुने लक्ष्मी नै हुन् । सामान्य मानिसहरुलाई पनि समलिंगी बनाएको आरोप उनलाई नलागेको होइन । तर समलैंगिकता बनाएर बन्ने अवस्था होइन । यो तथ्य अतिकम मानिसले मात्रै बुझेका छन् । 

 

सरकारले पनि अहिलेसम्म समलिंगीहरुलाई विवाह गर्ने नीति बनाएको छैन । लक्ष्मी आफ्नो पार्टनरसँग बस्छिन् । उनीसँग खुसी छिन् । उनकी पार्टनर पनि उनीजस्तै समलिंगी हुन् । उनलाई पनि महिला नै मन पर्छ । 

 

लक्ष्मीको मतमा लेस्बियन महिलाहरुमा यौन सम्बन्धी रोगको प्रभाव न्युन छ । कुनै संक्रमण सर्ने सम्भावना पनि कम नै छ । पुरुष समलिंगीहरु (गे’)मा एचआइभी÷एड्स जस्ता रोगको संक्रमण सम्भावना उच्च हुन्छ । जबकी महिला समलिंगीमा यसको जोखिम निकै कम छ । 

 

‘गे’हरुमा यौनरोग सर्ने सम्भावना उच्च हुन्छ । गेहरुसँग सम्बन्ध राख्ने हेट्रोसेक्सुअलहरुका लागि पनि जोखिम हुन्छ ।