राजनीति

विप्लव समूहका ब्यूरो सदस्य पक्राउ

विप्लव समूहका ब्यूरो सदस्य पक्राउ

जाजरकोट । नेत्रविक्रम चन्दको नेतृत्वको विप्लव समूहका भेरी ब्यूरो सदस्य हरिचन्द्र जैशी पक्राउ परेका छन् । मंगलबार बेलुका पक्राउ परेका जैशीलाई सदरमुकाम ल्याइएको छ । कुशे गाउँपालिका–२ घर भई विप्लव समूहमा लागेर विभिन्न गतिविधि गर्दै आएका जैशीलाई प्रहरीले पक्राउ गरेको हो ।

 

जिल्लाको शान्ति सुरक्षामा दक्खल पुर्याएको भन्दै उनलाई पक्राउ गरिएको जाजरकोट प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताए । यसभन्दा अगाडि विप्लव समूहका तीन कार्यकर्ता जाजरकोटमा पक्राउ परिसकेका छन् । प्रतिबन्धित क्रियाकलाप गरेको भन्दै जैशीलाई पक्राउ गरिएको खत्रीले बताए । 

विप्लव समूह
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।