अर्थ

एनसेलले कर विवादमा गुहार्‍यो अन्तर्राष्ट्रिय मध्यस्थकर्ता

एनसेलले कर विवादमा गुहार्‍यो अन्तर्राष्ट्रिय मध्यस्थकर्ता

काठमाडौं । दूरसञ्चार सेवाप्रदायक एनसेलले कर विवादमा अन्तर्राष्ट्रिय मध्यस्थकर्ता गुहारेको छ। एनसेलको स्वामित्व रहेको विदेशी कम्पनी आजियाटा इन्भेस्टमेन्टस् (युके) लिमिटेडले विश्व बैंक समूहअन्तर्गतको लगानी विवाद समाधान अन्तर्राष्ट्रिय केन्द्र (इन्टरनेशनल सेन्टर फर सेटलमेन्ट अफइन्भेस्टमेन्ट डिस्प्युट्स) मा २० मे का दिन कर विवाद सम्बन्धि मुद्दा दर्ता गराएको हो। 

जसमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई जवाफदेही बनाइएको छ। दर्तासँगै अब मध्यस्थता प्रक्रिया अघि बढ्छ। 

नेपालमा विदेशी लगानीकर्ताले लगानी विवादमा अन्तर्राष्ट्रिय मध्यस्थता गुहारेको यो पहिलो पटक भने होइन। यसअघि जलविद्युत् आयोजनाका लगानीकर्तासँगको विवाद अन्तर्राष्ट्रिय मध्यस्थतामा पुगेका उदाहरणहरु छन्। एनसेलको कर विवाद सम्बन्धि मुद्दा सर्वोच्च अदालतमा पुगेपछि सर्वोच्चले यसअघि कर तिर्नुपर्ने फैसला गरेको थियो। 

ठूला करदाता कार्यालयले सर्वोच्च अदालतको फैसलापछि एनसेलको समेत रायलिँदै कर निर्धारण प्रक्रिया अघि बढाउनुपर्नेमा करदातासँग दोहोरो पत्राचार नै नगरी कर तिर्न ताकेता गरेको थियो।  यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।

एनसेल एक्जियटा
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।