खेल

आज सीपीएलको ड्राफ्ट, नेपालका ४ स्टार सहभागी

आज सीपीएलको ड्राफ्ट, नेपालका ४ स्टार सहभागी

काठमाडौं । वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ड्राफ्ट आज (बुधबार) बेलायतको लन्डनमा हुँदैछ । ड्राफ्ट नेपाली समयअनुसार बुधबार बेलुका ७ः४५ बजे हुनेछ । यो संस्करणको ‘ड्राफ्ट’ मा ४ नेपाली स्टार खेलाडी पनि समावेश भएका छन् । गत साता सार्वजनिक ‘ड्राफ्ट’ मा ४ नेपालीसहित ५३६ खेलाडी छन् ।


नेपालबाट सन्दीप लामिछानेसहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहितकुमार पौडेल ड्राफ्टमा अटाएका छन् । सन्दीपले गतवर्ष नै सीपीएल खेलिसकेका छन् भने सोमपाल, रोहित र दीपेन्द्र पहिलो विदेशी लिग खेल्ने तयारीमा छन् । 


 
यो वर्षको सीपीएल आउँदो जुलाई ११ देखि अगष्ट १६ सम्म वेस्ट इन्डिजमा हुनेछ । अघिल्लो सिजन राम्रो प्रदर्शन गरेका सन्दीप यो पटक पनि सीपीएलमा छनोट हुने सम्भावना बलियो छ । उनले गत सिजनमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिएका थिए । सन्दीपलाई गतवर्ष प्याट्रियट्सले ५ हजार अमेरिकी डलर अर्थात ५ लाख ४० हजार पारिश्रमीकमा टोलीमा अनुबन्ध गरेको थियो । सीपीएलमा ६ टोली रहेका छन् ।  

क्यारेबियन प्रिमियर लिग ड्राफ्ट