समाज

बिहे हुनुभन्दा आठ दिन अघि युवकद्वारा आत्महत्या

बिहे हुनुभन्दा आठ दिन अघि युवकद्वारा आत्महत्या

महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा विवाह हुनुभन्दा आठ दिन पहिले मंगलबार दुलहाले आत्महत्या गरेका छन्।

 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आउँदो जेठ १५ गते विवाह हुन लागेको भङ्गहा नपा–७ बस्ने जयनारायण महराका छोरा २२ वर्षीय सुवोधकुमार महराले आत्महत्या गरेका हुन्। उनको शव घरभन्दा ५०० मिटर परको जंगलमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो।

 

युवक महराको विवाहको सबै तयारी पूरा भइसकेर घरमा मटकोर पूजा (बिहेअघिको विशेष विधि) समेत भइसकेको थियो। यही जेठ १५ गते छिमेकी गाउँ औरही नगरपालिका–७ मा जन्ती गएर विवाह गर्न मात्रै बाँकी रहँदा अचानक उनको शव फेला परेको प्रहरी नायब उपरीक्षक खड्काले बताए।

 

घरायसी तनावका कारण युवकले आत्महत्या गरेको हुनसक्ने आशंका गर्दै प्रहरीले मृतक युवकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाएको तथा घटनाबारे अनुसन्धान भइरहेको जिप्रका महोत्तरीले जनाएको छ।

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।