अन्तरवार्ता भिडियो पर्यटन

मन्त्रीको काम नै रिबन काट्ने र बत्ती बाल्ने भएपछि के को समृद्धि ?

मन्त्रीको काम नै रिबन काट्ने र बत्ती बाल्ने भएपछि के को समृद्धि ?

नेकपामा जुझारु युवा नेता एवम गण्डकी प्रदेशका सांसद राजीव पहारी प्रदेशदेखि केन्द्र सरकारका मन्त्रीहरुको कार्यशैलीबाट असन्तुष्ट छन् । मुलुक बनाउने यति ठूलो अवसर भएकाबेला अझैपनि मन्त्रीहरु रिबन काटन् र वत्ति बाल्नमै व्यस्त हुन थालेपछि उनी आक्रोशित भएका हुन् । 

 


सांसद पहारी भन्छन्, ‘विकासका योजना र जनताका समस्या समाधानका उपाय खोज्न मन्त्रीहरुको समय माग्दा पाइदैन । पिएले भन्छन्– मन्त्री ज्यू व्यस्त हुनुहुन्छ । पछि यसो हेर्दा त मन्त्रीको दिनभरको कार्यक्रम नै रिबन काट्ने र वत्ति बाल्ने मात्र हुँदो रहेछ । यसरी आउँछ समृद्धि ? ’

 


प्रधानमन्त्री केपी ओली विकास प्रेमी नेता हुन् । उनले मुलुकलाई विकासको मार्गमा लैजान ठूलाठूला योजना अघि सारेका छन् । काम पनि प्रशस्त भैरहेका छन् । तर, एउटा कुरा के सत्य हो भने केन्द्रदेखि प्रदेश सरकारमा मन्त्रीहरुले प्रधानमन्त्रीको ‘स्पिरिट’ समात्न सकेनन् । यसकारण विकासमा फड्को मार्ने गति केही सुस्त देखिएको मात्र हो । 

 


अनेकौं  प्रतिकुलताकाबीच प्रधानमन्त्री ओलीले स्थानीय तहदेखि केन्द्रसम्म आवश्यक समन्वय गर्दै काम गरिरहेका छन् । उनीमाथि शंका उपशंका गर्न आवश्यक छैन । 

 


नविना र रञ्जितलाई सुझाव

 


पार्टी एकीकरणकाक्रममा जनवर्गिय संगठनहरुको समायोजना सफलतापूर्वक सम्पन्न भएको  छ । राजनीतिमा बिभिन्न उतारचढाव आइरहने भएकाले नविना लामा, रञ्जित तामाङ तथा रमेश पौडेलहरुले निराश हुनुपर्ने अवस्था छैन । 

 


पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले धेरै सोचबिचार गरी एकता सम्पन्न गरेकाले अब यसमा विवाद ल्याउन उपयुक्त छैन । 


पोखरा आउनेलाई सहुलियत

 


पोखरालाई पर्यटकीय नगरीकारुपमा अझै विकसित गर्न योजनाबद्धरुपमा काम भैरहेको छ । पोखरा प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएपनि केही समययता यहाँको सौन्दर्य हराउँदै गएको  छ । 

 


ठूला तालहरु पोखरीमा रुपान्तरण हुँदैछन्, सेता हिमाल काला हुँदैछन्, सार्वजनिक जग्गा अतिक्रमणमा परेका छन्, फोहोर मैला पनि बढ्न थालेको छ । यस्ता थुप्रै समस्या देखिन थालेका छन् । यसका लागि स्थानीय तहदेखि प्रदेश र केन्द्र सरकारले नै विशेष योजनाकासाथ गम्भीर भएर लाग्नुको विकल्प छैन । अन्यथा, पोखरा पर्यटकीय नगरी रहने छैन । 

 


पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई खर्चमा सहुलियत दिनुपर्छ । हामी हवाइ तथा सडक यातायात मात्र होइन होटेल र पर्यटकीय क्षेत्रको भ्रमणकाक्रममा लाग्ने शूुल्कमा पनि बिचार गर्नुपर्छ भन्ने मान्यतामा छौं । यो मुद्दा मैले संसदमा पनि लगातार उठाइरहेको छु । 

 


फेवाताललाई १५ अर्ब

 


२२ हजार रोपनीमा फैलिएको फेवाताल अहिले ९ हजार ९ सय ५५ रोपनीमा सिमित भएको छ । माथिबाट पहिरो आएर पोखरा पूरिदै गएको छ । यसको क्षेत्रफल मात्र होइन गहिराई पनि घट्दै गएको छ । 

 


अर्कोतर्फ फेवाताल वरिपरि बनेका अवैध संरचनाले फेवातालमाथि अतिक्रमण डरलाग्दो रुपमा बढाएको छ । कर्ण शाक्य लगायत थुप्रै व्यक्ति  अतिक्रमण गर्नेमा परेका छन् । पछिल्लो समय सर्वोच्च अदालतले फेवाताल अतिक्रमण गर्ने सबै संरचना हटाउन आदेश दिएको छ, तर काम हुन सकेको छैन । 


नेता पहारी भन्छन्, ‘ कि सर्वोच्चको आदेश अनुसार सम्वन्धित निकायले ती अवैध संरचना हटाउनु पर्यो, नसक्ने भए सक्ने  अरु कसलाई त्यो काम दिन पर्यो । अझ मलाई जिम्मा दिने हो भने त म पूर्णरुपम काम सफल पार्न सक्छु । ’

 


‘प्रदेश सरकारका केही मन्त्री पूरिदै गएको फेवातालको बिचमा टापु बनाएर १०० डलर प्रतिकप कफी बेच्छु भन्छन् । ताल संरक्षण गर्ने कि सरकारले सम्पदा मासेर ब्यापार गर्ने ? यस्तो मानसिकताले कसरी हुन्छ  ?’ पहारीको प्रश्न छ । 


 

गण्डकी प्रदेश राजिव पहाडी
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।