कभर स्टोरी

पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु 

पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु 

खोलामा पौडी खेल्ने क्रममा डुबेर धनकुटामा दुई बालकको ज्यान गएको छ । मृत्यु  हुनेमा महालक्ष्मी नगरपालिका–२ का १२ बर्षीय गौरब लुंगेली मगर र महालक्ष्मी–३ का १४ बर्षीय अमिर मगर छन् ।

    
       महालक्ष्मी–२ र ३ नम्बर वडाको सिमानामा रहेको लेगुवा नदीमा सोमबार अपरान्ह पौडी खेल्ने क्रममा घटना भएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार पौडी खेल्ने क्रममा गौरब दहमा डुबे । त्यसपछि उनलाई उद्धार गर्न खोज्दा अमिर पनि डुबेर बेपत्ता भए ।


घटनापछि दहबाट गौरबलाई उद्धार गरेर उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको भएपनि उपचारकै क्रममा उनको मृत्यु भएको हो । यता दहमा डुबेर बेपत्ता भएका अमिरको शव मंगलबार बिहान खोलामा फेला परेको प्रहरी प्रमुख गुरुङले बताए ।


सोमबार साँझ घटनाको जानकारीपछि मारेककटहरे प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । पोष्टमार्टमका लागि मृतक दुवैको शव  जिल्ला अस्पताल धनकुटामा राखिएको छ ।

पौडी बालक
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।