मनोरञ्जन

दीपक मनाङे बने फिल्म निर्माता, चलचित्रको नाम ‘पोइ पर्‍यो काले’

दीपक मनाङे बने फिल्म निर्माता, चलचित्रको नाम ‘पोइ पर्‍यो काले’

काठमाडौं । ‘मान्छेको अनुहारको रङमा नजाऊँ। उसको मन हेर। असल बानी व्यहोरा हेर।’ निर्देशक शिशिर राणाले बाहिरी आवरण हेरेर मान्छेको मूल्यांकन गर्न नहुने भन्दै फिल्म बनाउने भएका छन् । र, उनको नयाँ फिल्मको नाम हुनेछ ‘पोइ पर्‍यो काले ।’ सोमबार शुभमुहूर्त गर्दै उनले फिल्मको जानकारी गराए । ‘ए दिदी पोइ पर्‍यो काले, हुन्देऊ बैनी इज्जतै नफाल’ बोलको पुरानो गीतबाट नै फिल्मको नाम राखिएको हो । शुभमुहूर्तमा यही गीत बजाउँदै फिल्मका मुख्य कलाकार सौगात मल्ल, सृष्टि श्रेष्ठ, आकाश श्रेष्ठ, पूजा शर्मा अभिनय गर्न आएका थिए।  

 

फिल्ममा सोहित मानन्धर र सुरक्षा पन्तको पनि भूमिका रहने बताइएको छ । फिल्ममा राजाराम पौडेलको पनि प्रमुख भूमिका रहनेछ । पोखरा र मुस्ताङमा छायांकन हुने यो फिल्म लक्ष्मी पूजाको दिन रिलिज गरिने बताइएको छ। फिल्मको लेखन तथा निर्देशन शिशिर राणाले गर्दैछन् भने फिल्मको निर्माता राजीव गुरुङ (दीपक मनाङे) र देवी राई हुन्। रेड बर्ड प्रोडक्सनको प्रस्तुतिमा बन्न लागेको श्यामबहादुर थापाको पोइ पर्‍यो कालेमा कार्यकारी निर्माता किरण नेपाली र रघु परियार छन् भने सहनिर्मातामा अर्जुन खनियाँ र रेव तामाङ रहेका छन् । यो खबर अन्नपूर्ण पोष्ट दैनिकबाट लिइएको हो । 

दीपक मनाङे राजीव गुरुङ
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।