देश

सांसद साहद्वारा १ सय ४० छात्रालाई साइकल वितरण

सांसद साहद्वारा १ सय ४० छात्रालाई साइकल वितरण

रौतहट। रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद प्रभु साहले रौतहटको विजयपुरस्थित माध्यमिक विद्यालयका १ सय ४० छात्राहरुलाई साइकल वितरण गर्नुभएको छ ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नम्बर २ का अध्यक्षसमेत रहनुभएका साहले शिक्षाको गुणस्तर अभिवृद्धि गर्न र छात्राहरुको विद्यालयसम्मको पहुँच बढाउन साइकल वितरण गर्ने चुनावी प्रतिवद्धताअनुरुप साइकल वितरण गर्नुभएको हो । विद्यालयबाट घर टाढा हुने भएकाले उक्त क्षेत्रका छात्राहरु माध्यमिक तहसम्मको पढाइ पुरा नगर्दै विद्यालय छोड्ने गरेको समस्या विद्यमान रहेको हुनाले समयमा विद्यालय पुग्न सहज हुने उद्देश्यले साइकल वितरण गरिएको सांसद साहले बताउनुभयो ।

 

समयको बचत सँगसँगै सामाजिक सुरक्षाको अनुभुति हुने भएकाले यस अभियानबाट विद्यालयका छात्रा र तीनका घर परिवारको चिन्ता कम हुने सांसद साहको विश्वास छ ।

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।