विदेश विचित्र विश्व

मान्छेको नामसँग कुकुरको नाम मिलेपछि एक जना पक्राउ

मान्छेको नामसँग कुकुरको नाम मिलेपछि एक जना पक्राउ

एजेन्सी । चीनको अनहुई प्रान्तका एक बासिन्दालाई आफ्ना कुकुरको नाम छङक्वान र शिक्वान राखेपछि पक्राउ गरिएको छ । त्यस राज्यका सरकारी अधिकारीको नामसँग कुकुरको नाम मिलेपछि उनलाई पक्राउ गरिएको हो । अधिकारीको बेइज्जत गर्न यस्तो गरिएको भन्दै यिङचोउ प्रहरीले यस्तो कदम चालेको हो । ३१ वर्षीय प्यानले कुकुरपालन गर्दै आएका छन् । उनले चिनियाँ सामाजिक सञ्जाल वीच्याटमा ती कुकुरको नाम पोस्ट गरेका थिए ।

 

सार्वजनिक सञ्जालमा ती नाम आएलगत्तै उनलाई प्रहरीले गिरफ्तार गरेको थियो। प्रहरीले चीनमा पाल्तु जनावरको नाम कुनै अधिकारीको नाममा राख्नु गैरकानुनी भएको स्पष्ट पारेका छन् । उनलाई १० दिनसम्म हिरासतमा राखिनेछ । चीनको सुरक्षा कानुनअन्तर्गत यो सजनय दिइएको प्रहरीले बताएको छ । छङक्वान नगर क्षेत्रमा अपराध नियन्त्रण गर्ने अधिकारी हुन् भने शिक्वान अनौपचारिक सामुदायिक कार्यकर्ता भएको प्रहरीले बताएको छ ।

पक्राउ कुकुर चीन
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।