अन्तरवार्ता भिडियो कभर स्टोरी

संघीयता र धर्मनिरपेक्षता उल्टिने,  राजसंस्थामा ‘नो कमेन्ट’ (भिडियोसहित)

संघीयता र धर्मनिरपेक्षता उल्टिने,  राजसंस्थामा ‘नो कमेन्ट’ (भिडियोसहित)

नेपाली राजनीतिक परिदृश्यमा ‘मातृभूमिका लागि नेपाली’ भन्ने नयाँ अभियान सुरु भएको छ । हुन त यो कुनै राजनीतिक पार्टी  होइन, तर केही राजनीतिक मुद्दा बदल्न भने क्रियाशिल हुनेछ । 

 


२०६२/०६३ को आन्दोलनपछि विदेशीको इशारामा संघीयता र धर्मनिरपेक्षता थोपरिएको र यसले मुलुकको अस्तित्व नै नरहने स्थितिमा पुर्याउने अवस्था आएपछि अभियान थाल्नु परेको सो अभियानका केन्द्रीय परिषद् संयोजक वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी बताउँछन् । 

 

">
संयोजक त्रिपाठी भन्छन्,‘ नेपालको संविधान २०७२ बाट संघीयता हटाउनु र मुलुकलाई हिन्दू राष्ट्र कायम गराउनु हाम्रो प्रमुख लक्ष्य हो । जातीय आरक्षणको नाममा कुनै खास व्यक्तिलाई जीवनभर तलब खुवाएर पाल्ने नभइ समग्र जातीकै सबलीकरण गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । पन्ध्र बर्ष अघि सामान्य जीवन व्यतित गर्ने नेता वा सार्वजनिक पद धारण गरेका व्यक्ति एकैचोटी कसरी करोडको गाडी चढ्ने भए ? यो प्रश्नको उत्तर खोज्ने हाम्रो अभियान हो । ’

 


‘यसका लागि हामी नेपालका राजनीतिक दल र तीनका नेताहरुलाई खबरदारी गछौं । दवाव दिन्छौं । नेपाली जनतालाई सचेत गराउँछौं । निरन्तरको अभियानले हामीलाई लक्ष्यमा पुर्याउने छ भन्नेमा म दृढ निश्चिन्त छु । ’ त्रिपाठीले भने । 


कतिपय मानिसहरुले आशंका गरे जस्तो गणतन्त्र नै खारेजीको अभियानमा आफूहरु नलागेको संयोजक त्रिपाठी बताउँछन् । 

">


उनी भन्छन्, ‘  राजसंस्था पुनस्र्थापना हाम्रो एजेण्डा होइन । गणतन्त्र स्थापनापछि हुन त यो देशमा  राष्ट्रिय एकताको प्रतीक नै छैन । राष्ट्रपति कुनै अमुक पार्टीको मात्र जस्तो भयो । रामवरण यादवको सवालमा पनि त्यही हो, हालकी राष्ट्रपति विद्या भण्डारीको सवालमा पनि त्यही हो । यो भन्दा त हिजो सबै नेपालीलाई एकताको सुत्रमा बाँध्ने राजसंस्था नै थियो । त्यो एकताको प्रतीक वा सुत्र के हुनसक्छ, हामीले त्यो खोज्नुपर्छ । ’

 

 

तत्कालका लागि चार÷पाँचवटा विशेष एजेण्डाकासाथ अघि बढेपनि समयक्रममा राष्ट्र र राष्ट्रियतामाथि आघात पुर्याउने विषयवस्तु आए त्यसमा पनि स्पष्ट दृष्टिकोण तय गरी अघि बढ्ने त्रिपाठी बताउँछन् । 

 


त्रिपाठी नेतृत्वको परिषदमा डा. तिलक रावल, केशवप्रसाद भट्टराई, नारायणप्रसाद कोइराला, अरुणकुमार सुवेदी, डा. राजेश अहिराज, लक्ष्मीप्रसाद आचार्य, डा. भरत थापा, सुवास आचार्य, गोमा प्रधान, विमला थापा, नरोत्तम श्रेष्ठ, सनत आचार्य, दीपक गजुरेल, शम्भुमान सिंह, हमिद शाह, जगदिशकुमार थापा, भवानी शर्मा, रामेश्वर चौलागाईं, राजकुमार श्रेष्ठ, राजाराम श्रेष्ठ, कृष्णराज शर्मा, शेखर ढुङ्गेल, सुशील देवकोटा, सागर सुवेदी, यमलाल सुवेदी, डा. अम्बारिश पोखरेल, छत्रबहादुर मैनाली, वीरबहादुर चौधरी, नवीन हमाल, विजय ज्ञवाली, पूर्ण्सिंह खड्का, राजेन्द्र राना, बृषध्वज वाइवा, श्यामसुन्दर शर्मा, डिल्ली बसेल, माधवी कटुवाल, गोपाल नेपाल, रामप्रसाद पौडेल, सुवास नेपाल, काशिराम ढुङ्गाना, आभासेतु सिंह, बासुदेवचन्द्र मल्ल, गौरिलाल डाँगी, रामप्रसाद पौडेल, डा. गणेश शाह, अमन खड्का, कल्पना मेघाले मगर, भोजराज क्षेत्री, गजेन्द्र हमाल, गजेन्द्र पौडेल, दिलमाया तामाङ, प्रवल नरसिंह राणा, रमेश रिसाल, रामेश्वर राउत, कृष्ण लामा, काशिराम पाठक, हर्क कार्की, जयबहादुर मल्ल, केशव चौलागाईं, यज्ञबहादुर थापा, अमर सुनार, रोममणी पाठक, युवराज केसी, छन्द भुषाल, केशव खतिवडा, जुलुमरत्न डङेल, कर्ण केसी, हरिराज श्रेष्ठ, जगतगुरू वीरेन्द्र आचार्य, स्वरुप सुयल, वीरेन्द्र साह, अफजल मिया र माधव नेपाल लगायत रहेका छन् ।

">

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।