विदेश

भावुक पोस्ट लेख्दै 'थोर'का यी अभिनेताले गरे आत्महत्या

भावुक पोस्ट लेख्दै 'थोर'का यी अभिनेताले गरे आत्महत्या

अमेरिकन सुपरहिरो फिल्म थोरमा अभिनय गरेका हलिउड अभिनेता इसाक कैपीले आत्महत्या गरेका छन्। एरिजोनाको सुरक्षा विभागले ४२ वर्षीय अभिनेताले आत्महत्या गरेको जनाएको हो।

युएसए टुडेका अनुसार इसाकले एजिजोनास्थित फ्लैगस्टाफमा रहेको एक पुलबाट राजमार्गमा हामफालेर आत्महत्या गरेका हुन्। आत्महत्या गर्नु अगाडि उनले सामाजिक संजाल इन्स्टाग्राममा एक भावुक पोस्ट लेखेका थिए।

पोस्टमा उनले आफूलाई सँधै राम्रो मान्छे सोचे पनि राम्रो मान्छे बन्न नसकेको उल्लेख गरेका छन्। उनले जीवनभर आफू एउटा खराब मानिस बनेको लेखेका छन्। उनले आफूले थुप्रै मानिसलाई धोका दिएको, लागुऔषध चोरेको तथा आफ्नै शरिरलाई हानी गर्नुका साथै आफूले गरेको कामप्रति लज्जाबोध भएको जनाएका छन्।

थोर