प्रदेश ६

गाउँपालिका उपाध्यक्षद्धारा पार्टीलाई जग्गा दिने घोषणा

गाउँपालिका उपाध्यक्षद्धारा पार्टीलाई जग्गा दिने घोषणा

हुम्ला । खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीले नेपाली काँग्रेस खार्पुनाथ गाउँपालिकाको लागि जग्गा उपलब्ध गराउने घोषणा गरेकी छन् । उनले नयाँ संरचना अनुसार पालिका अनुसार पार्टी संरचना बन्ने र त्यहाँ पार्टीको कार्यालय निर्माणका लागि जग्गा दिने घोषणा गरेकी हुन् ।

 

काँग्रेसको नयाँ विधान अनुसार अब पार्टीको संरचना बुथ, टोल, वडा र पालिका स्तरको संरचना बन्ने र पालिका केन्द्र याङ्चुमा रहेको दुई सय वर्ग मिटर जग्गा पार्टीलाई भवन निर्माणमा सहयोग होस भन्नका लागि दिने घोषणा गरेको उपाध्यक्ष शाहीले बताइन् । पार्टीलाई सबैले केही न केही योगदान गर्छन मैले त्यही भएर जग्गा सहयोग गर्ने घोषणा गरेको उनले बताइन् । उपाध्यक्ष शाहीले अब चाँडै उक्त जग्गा पार्टीको नाममा नामसारी गरी दिने पनि बताइन् । काँग्रेसको टिकटबाट स्थानीय निर्वाचनमा विजयी भएकी उपाध्यक्ष शाहीले काँग्रेसको जागरण अभियानमा सो घोषणा गरेकी हुन् ।

खार्पुनाथ गाउँपालिका सिन्धु हमाल शाही