विचार Breaking News

कता जाँदैछन् नेता ?

कता जाँदैछन् नेता ?

‘राष्ट्र नरहेमा मत विराटनगरमा भएर हलो जोतौला राजा तपाई कहाँ जानु हुन्छ ?’ भनेर वीपीले राजा वीरेन्द्रलाई प्रतिप्रश्न गर्नुभएको थियो । अहिले यही कुरा हामी बीचमा छलफल हुने गर्दछ । राजा कहाँ गए ? राजा जस्तो राष्ट्रबादी कोही हुँदैन किनकि उसले सवैको तिरो खाएको हुन्छ भनेर वी पी भन्नुहुन्थ्यो । नेताहरु कहाँ जादैछन ? काँग्रेसका नेताहरुले भनी रहनु पर्दछ । किसुनजी त बाँचुन्जेल पनि संवैधानिक राजतन्त्र चाहिन्छ, राजाको भूमिका छ, भन्ने गर्नुहुन्थ्यो । ज्ञानेन्द्र विरामी हँुदा होस वा पारस वा रत्ना अस्वस्थ्य हुनु भएको अवस्थामा किन नहोस ? समय हुँदा खेरी उहाँ अस्पतालमा विरामी हेर्न जाने र पत्रकारहरुलाई अझै राजतन्त्रको भूमिका छ भन्नु हुन्थ्यो । कारण के भने किशुनजी राष्ट्रबादी नेता हुनाले नेपाललाई राजा र उहाँको मान्यतामा नेपाली जनताले राष्ट्रलाई माया गर्ने भएकाले विदेशी शक्तिले खेल्न, हेप्न पाउँदैन र सक्तैन भन्ने विश्वास गर्दथे । 
    
काँग्रेसका तीन नेताहरु गणेशमान, किसुनजी र गिरिजाप्रसाद कोइराला जीवित रहेको समयभर राजतन्त्र समेत कायम रहेकोले पनि विदेशी शक्तिले सोझै मिच्न भने सकेको थिएन । उनीहरुले राणा शासनदेखि राजाको सवै काल देखे जाने भोगेका थिए । विदेशी शक्ति भनेको नेपालमा भारतीय तथा अमेरिकी शक्ति नै थियो, २०५१–५८ सम्म मानवअधिकारको संरक्षण र आर्थिक सरसहयोग गर्ने नाममा र २०६३–६७ सालमा यो शक्ति आन्तरिक शान्ति व्यवस्थापनमा सहजीकरणको भूमिका खेल्ने दाउमा यति साह्रो अमेरिकी तथा भारतीयहरुको चलखेल बढयो कि मोरिआर्टीलाइ त गिरिजाप्रसादले हप्काउनु परेको तथ्य पनि हामीले अध्ययन गरिरहनु पर्दछ । २०५८ सालमा आइपुग्दा त्यसवेलामा उनीहरुले राजतन्त्र रहुन्जेल नेपाललाई कमजोर बनाउन सकिदैन भन्ने निष्कर्ष निकालेका थिए । यसलाई मियो मानेर दलहरु तथा जनता एकीकृत हुनेछन भन्ने विदेशी शक्तिको निष्कर्ष थियो । नेपालका पछिल्ला चरणका नेताहरु इमोशनल छन र यी आपनो मनोवेगलाई व्यवस्थापन पनि गर्न जान्दैनन र सक्तैनन भन्ने पनि उनीहरुको निष्कर्ष थियो । 


पञ्चायत कालभरि विचारको आस्थाका नाममा जेल वसेकोले वा भूमिगत रहेकाले पनि नेपालका काँग्रेस तथा कम्युनिष्ट नेताहरु यिनीहरुको मनोभाव संवेदनाहीन छ भन्ने पनि उनीहरुको विश्लेषण थियो । यही कमी कमजोरीबाट विदेशीहरु प्रवेश, चलखेल गर्न चाहन्थे । नभन्दै राजदरवारको आम हत्यापछि उनीहरु क्रमशः सफल वने । दलहरु र उनीहरुको भूमिकामा कमजोर बन्दै गए । कम्युनिष्ट अन्तर्राष्ट्रियतावादी मान्यता र सिद्धान्तमा आस्था राख्दथे र राख्दछन । अन्तर्राष्ट्रियतावादीहरुका लागि नेपालमा कालो गोरो, होचो अग्लो जो सत्तामा आएपनि फरक पर्दैन, किनकि सत्ताबाहेक अरु सवै भ्रम हो भन्ने कम्युनिष्ट सिद्धान्तको आधारमा उनीहरु राज्यसत्ता प्राप्तिका लागि त्यसवेला बढी उग्र तथा राजतन्त्र विरोधी भए । यो स्वाभाविक पनि थियो । चलिरहेको द्वन्द्वमा काँग्रेस समर्थक जनतालाई उनीहरुले राजा र राजतन्त्रको समर्थक भएको भन्ने आधारमा विना विश्लेषण सशस्त्र जनयुद्ध विरोधी हो भनेर दपेटेका थिए ।  


यसलाई नेपाली काँग्रेसले रोक्न, छेक्न वा जमेर मुकाविला गर्न सकिरहेको थिएन । काँग्रेस आफैं आत्मरक्षाको संकटमा थियो । यो पनि आफ्नै विगतको गृहकलहले कमजोर भएको थियो । यसको लेखाजोखा नगर्नु, जो उसको महान भूल थियो । पछि गिरिजाप्रसादको पहल तथा सक्रियतामा उनले माओवादीलाई राष्ट्रियताको मूलधारमा त ल्याए । तर पार्टीमा उनको पकड शक्ति क्रमशः क्षीण भइसकेको थियो । त्यसले उनले सुशील कोइरालालाई उत्तराधिकारी त बनाए तर अब नेपाली काँग्रेस कोइराला कोठरीमा सीमित हुन गयो । सायद सुशील कोइराला नभएको भए यो संविधान पनि घोषणा हुने थिएन भनी भन्ने गरिन्छ । शेरबहादुर देउवामा विचारको चिन्तन, उपयोग र परिचालन गर्ने कला, सीप, क्षमता, शैली, नेतृत्वको गुण तथा सीपको कमी छ अरे बरु लहड, आक्रोशको मात्राले काम गर्ने गर्दछन । जुन कर्म कोइरालाहरुले आफ्नो कार्यकालमा गरेनन् । उनले सवैको विचार र सल्लाह लिएर काम गरेमा सुधार हुन सक्दछ । राष्ट्रवादी धारमा कम्युनिष्टलाई ल्याउनमा काँग्रेसको जनजागरण नै निकै प्रभावकारी हुनेछ । 

अहिलेको जनजागरणको अभियानमा यस्ता विचार आएमा राष्ट्रलाई भलो नै हुने देखिन्छ ।
 

वी पी किसुनजी
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।