मनोरञ्जन

सारेगम लिटिल च्याम्सः साढे ७ लाख प्रतिस्पर्धीलाई उछिन्दै नेपालका आयुष–प्रितम ‘टप ९’ मा

सारेगम लिटिल च्याम्सः साढे ७ लाख प्रतिस्पर्धीलाई उछिन्दै नेपालका आयुष–प्रितम ‘टप ९’ मा

काठमाडौं । नेपालका आयुष केसी र प्रितम आचार्य भारतमा जारी चर्चित रियालिटी शो ‘सारेगम लिटिल च्याम्स’ को ‘टप ९’ मा पुग्न सफल भएका छन् । उनीहरु भारतीय च्यानल जिटीभीबाट प्रसारण भइरहेको यो रियालिटी शोको टप ३० बाट टप १५ अनि टप ११ हुँदै टप ९ मा पुग्न सफल भएका हुन् ।

 

साढे ७ लाख प्रतिस्पर्धीलाई उछिन्दै टप ९ मा पुग्न सफल आयुष तथा प्रितमलाई यतिबेला देश तथा विदेशबाट शुभचिन्तकहरुको समर्थन प्राप्त भइरहेको छ । आयुष भक्तपुर र प्रितम इटहरीका हुन् । 

आयुष केसी प्रितम आचार्य सारेगम लिटिल च्याम्स