कभर स्टोरी कर्पोरेट

बुहारीलाई ४ अरब ८० करोडको उपहार 

बुहारीलाई ४ अरब ८० करोडको उपहार 

भारतका प्रसिद्ध व्यापारी मुकेश अम्बानी पत्नी नीता अम्बानीले नव विवाहिता बुहारी श्लोकालाई तीन सय करोड भारतीय रुपैयाँ बराबरको उपहार दिएकी छन् ।  विवाह भएको दुई महिनापछि वमुनसेराले रिपोर्ट आफ्नो रिपोर्ट मार्फत यो समाचार सार्वजनिक गरेको हो । 


मुकेश अम्बानी पुत्र आकाशको हिरा व्यापारी रसेल मेहताकी छोरीसंग मार्च ९ मा विवाह सम्पन्न भएको थियो । विवाहका भिडियो तथा फोटो निक्कै समयसम्म सार्वजनिक भएका थिएनन् । नीता आफ्नी जेठी पुत्रबधुलाई विशेष उपहार दिन चाहन्थिन् । उनले दिएको यो हिरा विश्वकै सर्वाधिक मूल्यवान हिरा हार हो । हिरासंगै उनले अम्बानी परिवारमा पैत्रिक रुपमा एक पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्दै आएको बहुमूल्य पत्थर जडित सुनको हार पनि श्लोकालाई दिएकी छन् । सासुआमाबाट बहुमूल्य उपहार पाएपछि बुहारी मख्ख छन् । 


यसैगरी आकाशकी बहिनी ईशाले दाजु, भाउजुलाई अत्याधुनिक सुविधा सम्पन्न बंगला उपहार दिएकी छन् । आकाशको विवाहमा के नेता, के अभिनेता, के खेलाडी सबै उपस्थित थिए । विहे यति भव्य र खर्चालु थियो कि विवाहमा जानेहरु छक्क परेका थिए ।

 
 मुकेश अम्बानीका आकाश, अनन्त र ईशा तीन सन्तान छन् । ईशाको एक वर्षअघि धुमधामसंग विवाह सम्पन्न भएको थियो । अनन्त कान्छा छोरा हुन् । कम उमेरमै अत्यधिक तौलका कारण समस्या झेलिरहेका अनन्त १ सय २८ किलो तौल घटाएर अहिले स्लीम बनेका छन् । उनको शारीरिक परिवर्तनबाट सवै छक्क परेका थिए । 


दाजुको घरमा लक्ष्मीले बास गरिरहेका बेला भाइ अनिल अम्बानीको बेहाल छ । व्यापार डुबेको छ । बैंकको ऋण तिर्न नसक्दा रिलायन्स कम्पनी टाट पल्टेको छ । 


 

मुकेश अम्बानी नीता अम्बानी