खेल

पाकिस्तानका इमामले तोडे भारतीय पूर्वकप्तानको कीर्तिमान

पाकिस्तानका इमामले तोडे भारतीय पूर्वकप्तानको कीर्तिमान

एजेन्सी । पाकिस्तान क्रिकेट टिमका ओपनर ब्याट्सम्यान इमाम उल हकले भारतीय टोलीका पूर्वकप्तान कपिल देवको कीर्तिमान भंग गरेका छन् । इङल्याण्ड विरुद्धको दोस्रो एक दिवसीय खेलमा १३१ बलमा १५० रन बनाउँदै २३ वर्षे इमामले विश्वकप क्रिकेट विजेता भारतीय टोलीका कप्तान कपिलको ३६ वर्ष पुरानो कीर्तिमान भंग गरेका हुन् ।  इमामले कम उमेरमा डेढ सय रन बनाउने खेलाडीको सूचीमा आफूलाई उभ्याएका छन् । 

 

यसअघि सन् १९८३ कै विश्वकपमा कपिल देवले २४ वर्षको उमेरमा जिम्बाबेविरुद्ध अविजित रहँदै १ सय ७५ रन बनाएका थिए ।  इमामको कीर्तिमानी पारीका बाबजुद पनि सिरिजको दोस्रो खेलमा पाकिस्तान इंग्ल्याण्डसँग ६ विकेटले पराजित भयो ।  

इमाम उल हक कपिल देव