राजनीति

अस्थिरता र वैचारिक अस्पष्टताको मुद्दा बनाएर नेकपाभित्र घोचपेच सुरु

अस्थिरता र वैचारिक अस्पष्टताको मुद्दा बनाएर नेकपाभित्र घोचपेच सुरु

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र अस्थिरता र वैचारिक अस्पष्टतालाई मुद्दा बनाएर नेताहरुबीच घोचपेच सुरु भएको छ। नेकपानिकट युवा संघको स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल तथा सचिवालय सदस्य ईश्वर पोखरेलबीच घोचपेच भएको हो।

कार्यक्रमको अन्तिममा बोलेका अध्यक्ष दाहालले तत्कालीन एमालेका तीन नेताहरुलाई प्रधानमन्त्री बनाउने सामथ्र्य आफूले मात्र राखेको भन्दै आफ्नो योगदानलाई अवमूल्यन नगर्न आग्रह गरे। उनले आफूभन्दा अघि बोलेका नेता नेपाल र सचिवालय सदस्य पोखरेलका अभिव्यक्तिको खण्डन गरेका थिए।

केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई आफूले लाइन लाएर प्रधानमन्त्री बनाएको उनको दाबी थियो। ‘मलाई अस्थिर भन्ने र विचार स्पष्ट भएन भन्नेहरुले हेरे हुन्छ, मेरै प्रस्तावमा पार्टी एकता भएको हो। मेरै प्रस्तावमा एमालेका तीनतीनजना नेताहरु प्रधानमन्त्री हुनुभएको हो’, उनले भने। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो।

नेकपा