खेल

क्यारेबियन प्रिमियर लिगः ड्राफ्टमा सन्दीपसहित ४ नेपाली खेलाडी

क्यारेबियन प्रिमियर लिगः ड्राफ्टमा सन्दीपसहित ४ नेपाली खेलाडी

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेटको ड्राफ्टमा नेपालका ४ खेलाडीको नाम समावेश भएको छ । वेस्ट इण्डिजको क्रिकेट लिग सीपीएलले सार्वजनिक गरेको ड्राफ्टमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेसहित सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेलको नाम समावेश भएको हो । 
सन्दीपले गत संस्करणकाे सीपीएलमा भाग लिइसकेका थिए । उनले गत सिजन सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सबाट  लिगमा भाग लिएका थिए । 

 

गत सिजनको सीपीएलमा उनले ५ खेल खेलमा १०६ रन खर्चेर ७ विकेट लिएका थिए । यो वर्षको सीपीएलको ड्राफ्ट आगामी मे २२ मा लण्डनमा सार्वजनिक गरिने छ । यस पटकको ड्राफ्टमा समग्रमा २० देशबाट ५३६ बिदेशी खेलाडीले स्थान बनाएका छन् । गत वर्ष प्याट्रियट्सले सन्दीपलाई ५ हजार अमेरिकी डलर पारिश्रमिकमा टोलीमा अनुबन्ध गरेको थियो । ६ टोलीको सहभागी रहने सीपीएलको यस संस्करण आगमी जुलाई ११ देखि अगष्ट १६ सम्म वेस्ट इन्डिजमा चल्ने छ । 

क्यारेबियन प्रिमियर लिग टी–२० क्रिकेट लिग
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।