बैंकिङ

एभरेष्ट बैंकको गज्ज्बको अफरः १० लाख लिनूस्, २५ वर्षमा २९ लाख तिर्नूस्

एभरेष्ट बैंकको गज्ज्बको अफरः १० लाख लिनूस्, २५ वर्षमा २९ लाख तिर्नूस्

काठमाडौं : एभरेस्ट बैंकले आफ्नै घर बनाउनका लागि भन्दै नयाँ योजना लिएर आएको छ। नयाँ योजनामा कम्तीमा पनि १६ हजार ३२ रुपैयाँ कमाइ भएका व्यक्तिहरू सहभागिता जनाउन पाउने बैंकले जनाएको छ।

इच्छुक व्यक्तिलाई बैंकले १० लाखदेखि १ करोड रुपैयाँसम्म घर कर्जा दिने बताएको छ। आम्दानी तलब वा व्यवसाय जुनसुकै  माध्यमबाट आएको भए पनि हुने बैंकको भनाइ छ। कम्पनीले घर कर्जाको किस्ता २५ वर्षसम्म भर्न सकिने बताएको छ।

२५ वर्षका लागि १० लाख घरकर्जा लिने व्यक्तिले मासिक ९ हजार ५ सय ९९ तिर्नु पर्ने योजना बनाएको छ। यस्तो कर्जा लिनेको व्यक्तिको मासिक कमाइ भने कम्तीमा पनि १६ हजार ३२ रुपैयाँ अर्थात् बैंकलाई तिर्नुपर्ने किस्ताको १.६ गुणा आय हुनुपर्ने छ।

बैंकले २० लाख रुपैयाँ ऋण लिनसँग १९ हजार ९९९ रुपैयाँ  मासिक किस्ता, ४० लाख लिनेसँग ३८ हजार ३९८ मासिक किस्ता लिने जनाएको छ। यो किस्ता २५ वर्षका लागि हो।

यो कुरा सुन्दा तपाईंलाई खुसी लाग्यो होला। अब म बैंकबाट ऋण निकालेर आफ्नै घर बनाउँछु भन्ने पनि सोच्नु यो होला। एकपटक विचार गर्नुहोस त १० लाख ऋण लिएर मासिक १ हजार ५ सय ९९ किस्ता बुझाउँदा २५ वर्षमा कति पैसा बैंकलाई तिर्नुपर्छ।

बैंकले १० लाख रुपैयाँ किस्ता लिएर मासिक ९ हजार ५ सय ९९ किस्ता बुझाउँदा २५ वर्षमा त्यो रकम २८ लाख ७९ हजार ७० हजार हुन आउँछ। बैंकले अगाडि सारेको यो योजनामा १० लाख रुपैयाँ ऋण लिने व्यक्तिले २५ वर्षसम्ममा १८ लाख ७९ हजार ७०० रुपैयाँ अतिरिक्त बुझाउनु पर्ने हुन्छ।

त्यसैगरी, २० लाख ऋण लिने व्यक्तिले २५ वर्षमा ५९ लाख ९९ हजार ७००  रुपैयाँ बुझाउनु पर्छ अर्थात् अतिरिक्त ३९ लाख ९९ हजार ७०० रुपैयाँ बैंकले २५ वर्षमा असुली गर्नेछ।

त्यसैगरी, बैंकले ४० लाख ऋण लिने व्यक्तिलाई ३८ हजार ३ सय ९८ किस्ता तय गरेअनुसार २५ वर्षमा एक करोड १५ लाख १९ हजार ४०० रुपैयाँ बुझाउनेछन्। यसको मतलब ४० लाख ऋण लिने व्यक्तिले २५ वर्षमा बैंकले ७५ लाख १९ हजार ४०० रुपैयाँ अतिरिक्त रकम असुली गर्ने छ।


सम्बन्धित समाचार

एभरेष्ट बैंकद्वारा आफ्नै ग्राहकको गोपनियता भंग, पूर्वमन्त्रीलाई दियो झगडीया पक्षको स्टेटमेन्ट (प्रमाणसहित)

एभरेस्ट बैंक