राजनीति

अमेरिका भन्छ : इन्डो प्यासिफिक रणनीति भारतलाई तर्साउन होइन

अमेरिका भन्छ : इन्डो प्यासिफिक रणनीति भारतलाई तर्साउन होइन

काठमाडौं : अमेरिकाले इन्डो–प्यासिफिक रणनीति कुनै मुलुकलाई तर्साउन नभई सहकार्य गर्न अघि बढाएको स्पष्ट पारेको छ । हिन्द र प्रशान्त महासागर आसपासका मुलुकसँग सहकार्य गर्न इन्डो–प्यासिफिक रणनीति तय भएको अमेरिकी भनाइ छ । 

अमेरिकाका अनुसार इन्डो भनेको भारतमात्र नभई समग्र हिन्द महासागर क्षेत्र हो । दक्षिण एसिया मामिला हेर्ने उपसहायक मन्त्री डेभिड जे रेन्जले भने, ‘हिन्द र प्रशान्त क्षेत्रमा अमेरिकी दृष्टि राख्दा हामी भारतलाई भुल्न सक्दैनौं । सबै दृष्टिले भारत यो क्षेत्रको मुख्य खेलाडी हो ।’ उनले भारतसँग अमेरिकी सम्बन्ध ‘विन–विन’ रहेको बताए ।

इन्डो–प्यासिफिक रणनीति अमेरिकाले सहकार्यका लागि तय गरेको उनले बताए । उनले भने, ‘सबैले आफ्नो मुलुकको स्वार्थ, आर्थिक विकास र सहकार्यका लागि सम्बन्ध अघि बढाउने हो । यो हरेक मुलुकसँग रहन्छ ।’

सरकारी अधिकारी र थिंक ट्यांकसँगको छलफलपछि मंगलबार दैनिक पत्रिकाका केही पत्रकारसँग छलफल गर्दै उनले भने, ‘नेपालसँगको हाम्रो सहकार्य कसैलाई काउन्टर दिन होइन र कुनै अन्य मुलुकप्रति लक्षित पनि छैन ।’ नेपाल अमेरिकाको प्राथमिकतामा रहँदै आएको उनले बताए । यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।

अमेरिका
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।