देश

मंगलसेन नगरपालिकाको गाडीमा आगजनी

मंगलसेन नगरपालिकाको गाडीमा आगजनी

अछाम : अछामको मंगलसेन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। मंगलबार मध्यराति नगर प्रमुख पदम बोहोराले चढ्ने बा १ झ ३३९४ नम्बरको जीपमा अज्ञात समूहले आगजनी गरेको हो।

कार्यालय प्रांगणमा राखिएको गाडी आगजनीबाट जलेर पूर्णरूपमा नष्ट जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनक शाहीले बताए। उनले राति करिब दुई बजेतिर गाडीमा आगजनी भएको बताए।

आगो लागेपछि गाडी लगातार पट्केको आवाज आएपछि प्रहरीलाई तुरुन्तै आगो नियन्त्रणमा लिन समस्या भएको शाहीले जानकारी दिए। गाडीमा आगजनी कसले गर्यो भन्ने बारे खुल्न सकेको छैन। करिव एक करोड २१ लाख बजेटमा फोर्ड कम्पनीको उक्त ईन्डोभर कार गत बर्ष खरिद गरिएको थियो।

आगजनी