राजनीति

गहुँ र धानमा फरक छुट्याउन नसक्ने हाम्रा अर्थमन्त्री (भिडियोसहित)

गहुँ र धानमा फरक छुट्याउन नसक्ने हाम्रा अर्थमन्त्री (भिडियोसहित)

नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले नयाँ आर्थिक क्रान्ति गरेर नेपाल तेस्रो विश्वका लागि नमुना बन्न सक्ने बताएका छन् ।

 

प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा भएको छलफलमा भाग लिँदै सांसद गिरीले  देशलाई सुहाउँदो नीति तथा कार्यक्रम र बजेट आएन भने विकास र समृद्धिका कुरा नारामा मात्र सीमित हुने गरेको बताए । अहिले पनि नेपाल विदेशीमाथि निर्भर रहेको भन्दै जस्तो सुकै कामका लागि पहिलो कदमबाट सुरु गर्नुपर्ने सिद्धान्त आत्मसाथ गर्दै नयाँ सुरुवात गर्नुपर्ने बताए ।

 

उनले भने, "एउटा नयाँ अवसर आएको छ । गणतन्त्र आएको छ जनताले जे गरे पनि मान्ने स्थिति छ तर एक दुइ वर्ष पनि ढिलो भयो भन्ने के हुन्छ भन्न सकिन्न । " सोभियत युनियनको विघटनको सम्झना गर्दै उनले भने, "त्यस्तो शक्तिशाली देश, सारा क्षेप्याश्त्र, बम पिस्तोलले लैश रहेको विश्वको दुई महाशक्तिमध्येको एक शक्ति त्तयि सजिलै  धाराशायी हुन्छ भनेर कुनै पनि राजनीतिक विज्ञानले, कुनै पनि भविष्य वक्ताहरुले, कुनै पनर अर्थशास्त्रीले एक वर्ष अघिसम्म अनुमान लगाउन सकेको थिएन् ।"

">

दिन रात रुसको अध्ययनमा लागेका विश्वले त केही भन्न नसकेको भन्दै उनले थपे "सोभियत संघमा सबै थोक भए पनि मानव अधिकार थिएन । लेख्ने बोल्ने आजादी नभएपछि सत्ता वर्गले जनमत बुझेको हुँदैन । जनमत सडकमा उत्रियो भने कुनै तोप बन्दुकले काम गर्दैन । सोभियत संघको विकास मोडल पनि बाधक थियो । अमेरिकी विकासको मोडलसँग प्रतिस्पर्धा गर्नु गल्ती । ठूल ठूल कारखाना मात्र प्राथमिकतामा राख्दा सोभियत युनियन धाराशायी भएको । आज हामीले विकासको मोडल तय गर्दैछौँ । हामीले  सोभियत युनियनबाट सिक्नुपर्छ ।"

 

"नयाँ विश्वमा भुमण्डलीकरणले त राज्यलाइ नायक नै बाँकी राखेन् । आज हाम्रो राज्यले सोच्नुपर्छ आफ्नो भुमिका कति छ । संसारभरी विकासको मोडलको चर्चा भइरहेको छ । राज्य र आर्थिक समृद्धिबीचको खाडल बढ्दो क्रममा छ हामी कता जादैछौँ ।" सांसद गिरीको भनाइ थियो ।

 

दिगो आर्थिक समृद्धि गर्नेछ भन्ने प्रस्तावमा राखिएकोमा समर्थन गर्दै उनले सोधे "शब्द लेखेर मात्र भयो त ? सामाजिक न्याय र उच्च आर्थिक वृद्धिदर सँगसँगै बढाइने भनिएको छ तर वृद्धिदर र सामाजिक न्याय सँगसँगै जान सक्छ भने कसरी जान्छ ? त्यो स्पष्ट हुनुपर्छ । सामाजिक न्याय चाह्नुहुन्छ भने उच्च आर्थिक वृद्धिदरको मोह र माया छोडेर वैकल्पिक उर्जामा खर्च गर्नुहोस् । विदेशमा पढेर आएका तर नेपालमा गहु र धानको फरक छुट्याउन नसक्ने खालका हाम्रा अर्थमन्त्रीहरु हुने गरेका छन् । देश सापेक्ष हुन जरुरी छ । "

">