मुख्य समाचार राजनीति

आफूले २०१९ सालमा एसएलसी पास गरेको विद्यालयबाट देउवा सम्मानीत

आफूले २०१९ सालमा एसएलसी पास गरेको विद्यालयबाट  देउवा सम्मानीत

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई धनगढीमा सम्मान गरिएको छ। उनले एसएलसीसम्म अध्ययन गरेको विद्यालयले एक कार्यक्रमकाबिच उनलाई  सम्मान गरेको हो।

 

डोटीको उच्चाकोटमा अवस्थित सीताराम माध्यामिक विद्यालयबाट पहिलो व्याजमा २०१९ सालमा एसएलसी पास गरेका देउवालाई सम्मान–पत्र सहित सम्मानित गरिएको हो। महेश रामायण सभाद्वारा संचालित सीताराम माध्यामिक विद्यालयको हिरक महोत्सव–२०७६ को समापनको अवसरमा देउवालाई दोसल्ला तथा कदरपत्रसहित सम्मानित गरेको हो। विद्यालयले एसएलसीको पहिलो व्याजमा पास हुने देउवा लगायत तीन जनालाई सम्मानित गरेको हो।

 

देउवासँगै त्रिभुवन विश्वविद्यालयका पूर्वडिन डाक्टर प्रेमराज पन्त र गोविन्द केसीले सो विद्यालयबाट प्रवेशिका  उत्तीर्ण गरेका थिए। सभापति देउवालाई विद्यालयका पूर्वप्राचार्य लोकराज पन्तले दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गर्दै सम्मान गरे भने पन्त र केसीका आफन्तलाई पूर्वप्रधानमन्त्री सभापति देउवाले प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका हुन्।

 

देउवासहित प्रतिनिधि सभा सदस्य एवं नेकपा स्थायी समिति सदस्य लेखराज भट्ट, पूर्वमन्त्री भक्तबहादुर बलायर, वीरबहादुर बलायर, प्रदेश सभा सदस्य पूर्णा जोशी लगायतलाई पूर्व विद्यार्थीका रुपमा सभाले सम्मान गरेको छ।

 

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।