खेल

सन्दीप बिना नै दिल्ली मैदानमा

सन्दीप बिना नै दिल्ली मैदानमा

काठमाडौं। भारतमा जारी सर्वाधिक लोकप्रिय क्रिकेट फेन्चाइज लिग, इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत फाइनल प्रवेशका लागि आज तीन पटकको विजेता चेन्नई सुपर किंग्स र हालसम्म फाइनल प्रवेश गर्न नसकेको दिल्ली क्यापिटल्स भिड्दै छन् ।

 

हैदरावादको विशाखापटनमस्थित डा. वाइ एस राजशेखरा रेड्डी एसिए-भिडिसिए क्रिकेट रगंशालामा जारी खेलमा चेन्नईले टस जितेर पहिला बलिङ गर्ने भएको छ । महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नई सुपर किंग्सविरुद्ध पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले मौका पाएन । दिल्लीले अघिल्लो खेलमा टिममा राखेका खेलाडीलाइ नै मैदानमा उतारेको छ ।

 

ट्रेन्ट बोल्टको स्थानमा अलराउन्डर क्रिस मोरिसलाई दिल्लीले टिममा समावेश गर्न सक्ने बताए पनि त्यस्तो कुनै परिवर्तन भएन । आजको विजेता टोलीले उपाधिका लागि मुम्बई इन्डियन्सको सामना गर्नेछ ।

 

दिल्लीले हैदरावादविरुद्धको इलिमिनेटर खेल पनि यही मैदानमा खेलेको थियो । जसमा स्पिनरले राम्रो प्रदर्शन गरेका थिए । त्यही लयमा प्रदर्शन गर्न सके दिल्लीले जित्ने प्रवल संभावना हुन्छ भने प्रतिद्वन्द्वी टोलीका कप्तान धोनीको चतुर्याइ भने हेर्न लायक हुनेछ ।