कभर स्टोरी अन्तरवार्ता मनोरञ्जन भिडियो

बुद्ध नेपालमा जन्मेका हुन भन्दा कलेजबाट ‘रेष्टिकेट’

बुद्ध नेपालमा जन्मेका हुन भन्दा कलेजबाट ‘रेष्टिकेट’

काठमाडौं। धिरज राई नेपाली पप तथा रक स्टार । उनको परिचय अब यतिमा मात्र सीमित छैन । विगत १२ बर्षयता गौतम बुद्ध नेपालमा जन्मेका हुन्, उनी नेपालका विभूति हुन् भन्ने विश्वव्यापी प्रचार अभियानका राई एक्ला अभियन्ता हुन् ।

 

भर्खरै उनी अमेरिका र युरोपबाट फर्किएका छन् । पश्चिमा मुलुकहरुमा सांगीतिक कार्यक्रमका दौरान बुद्ध नेपालमा जन्मेका हुन् भन्ने प्रचार पनि संगैसंगै गरिहेका छन् ।

 

पुस्तकबाट भ्रम

बुद्धको जन्मस्थलका बारेमा भ्रम छर्ने थुप्रै पुस्तक अन्तर्राष्ट्रिय जगतमा भएको र ती भ्रमपूर्ण पुस्तक प्रतिष्ठित कलेजको पाठ्यक्रम भएकाले त्यसलाई चिर्न आवश्यक रहेको उनी बताउँछन् ।

 

राई भन्छन्, " हामीलाई लाग्छ, बुद्ध नेपालमा जन्मेका हुन् भन्ने  विश्वलाई थाहा छ । त्यो होइन । संसारभर धेरैजसोले बुद्ध भारतमा जन्मेको विश्वास गर्छन् । कतिपयले थाइल्याण्ड र कतिपयले श्रीलंकामा जन्मेको ठान्छन् । यो सबै विश्वबजारमा फैलिएका भ्रमपूर्ण पुस्तकको कारण हो । यस्ता गलत सूचनासहितका पुस्तक संसारका प्रतिष्ठित विश्वविद्यालयमा पढाइन्छ । बुद्ध नेपालका हुन्, उनी नेपालमा जन्मेका हुन् भन्ने पुस्तक एकदमै थोरै छन् । यसैले मेरो अभियान भ्रम चिर्ने र सत्य बुझाउने  हो ।"

">

कलेजबाट ‘रेष्टिकेट’

सन २००६ मा म काठमाडौंको प्रदर्शनीमार्गस्थित एक क्याम्पसको स्नातकोत्तर तहमा अध्ययनरत थिएँ । त्यसबेला एउटा अंग्रेजी भाषाको पुस्तक पनि पाठ्यक्रममा थियो । त्यो पुस्तकमा गौतम बुद्ध भारतमा जन्मेको उल्लेख थियो । मलाई यो मान्न कठिन भयो । केही विद्यार्थी साथीहरु लिएर मैले सम्बन्धित शिक्षकसंग कुरा गरें । यो पुस्तकमा गलत कुरा लेखिएको छ, यो त भएन । यो पुस्तक हटाउनु पर्यो ।

 

तर, अचम्म ती शिक्षकले मलाई गुण्डागर्दीको आरोप लगाए । गुण्डा लाएर आफूलाई धम्काउन आएको कुरो प्रचार गरे । फलस्वरुप कलेजले मलाई ६ महिनाका लागि रेष्टिकेट गर्यो ।

 

कलेजले निकाले पनि म हतोत्साही भइँन । देशभरका विचार मिल्ने साथीहरु मिलेर एउटा समिति बनायौं । पछि बसन्तपुरमा ठूलो कार्यक्रम गर्यौं, रयाली, जुलुस गर्यौं । यो विषयलाई बीबीसी लगायतका अन्तर्राष्ट्रिय संचार माध्यमले पनि महत्वकासाथ प्रसारण गरे ।

 

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गौतम बुद्धबारे भ्रमपूण प्रचार भैरहेको र आफनै देश नेपालमा पनि षडयन्त्रपूर्वक गलत पुस्तकको पढाइ भैरहेको विषयमा मैले सक्दो प्रचार गरें । दवाव धेरै भएछ कि क्या हो पछि कलेजले सो पुस्तकको पढाइ रोक्यो । अनि म पनि कलेज फर्किए, पढाई पूरा गरें ।

 

त्यही इखले म बुद्धको प्रचार अभियानमा छु । यो यात्रामा म एक्लै छु तर विभिन्न क्षेत्रका मानिसको ठूलो सहयोग पाएको छु ।

 

तात्कालिन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसहित विभिन्न कालखण्डका सरकार, राजनीतिक दल र नेताहरुलाई यो विषयमा बारम्बार ध्यानाकर्षण गराउँदासमेत सरकारले कुनै कदम चालेको छैन । यो निकै दुःखद कुरा हो ।

">

म झिल्के नै हुँ

निकै टिपटप भएर हिंड्ने गायक राई कलाकारहरुको व्यक्तिगत जीवन जे जस्तो भएपनि सार्वजनिक जीवनमा खुशी भएर हिंड्नुपर्ने बताउँछन् ।

 

कलाकार भनेको राष्ट्रको गहना हो, कलाकारको अनुहार हेरेर लाखौं मानिसले आफनो सोच बनाउने भएकाले सुखद सामाजिक सन्देश प्रवाह गर्न पनि म झिल्के भएर हिंड्छु । उनी भन्छन्, "त्यो रेडियो नेपालका पुराना कलाकार जस्तो कति रोएको अनुहार लिएर बस्नु, भुवन केसी र शिव श्रेष्ठ जस्तो भएर पनि त हिंड्नु पर्यो नि !"

 

प्रेमबाट जोगिनै धौ धौ

कलाकार भएकोले होला त्यो बेलादेखि अहिलेसम्म प्रेम प्रस्तावको ओइरो लाग्ने गर्दछ । कति विवाह गर्छु भन्छन्, कति क्षणिक आनन्दका लागि भनेर खुलेरै भन्छन् ।

 

गायक भएको दिनदेखि आजसम्म म जोगिएको छु । सबैको भावनाको सम्मान गरेको छु । प्रेमको अनुभव पनि लिएको छु, तर, मुकुण्डो लगाएर प्रेमको नाटक गर्नेहरुलाई पनि चिनेको छु । अब कुनै दुर्घटनामा पर्ने सम्भावना छैन ।

 

अहिले नेपालमा महिला अधिकारका नाममा जे जति क्रियाकलाप भैरहेका छन्, ती मध्ये कतिपय घटनामा निर्दोष पुरुष पीडित भएको देखिएकाले यसमा गम्भीर हुनुपर्ने पनि उनको सुझाव छ ।

">