राजनीति

सबैले सबैलाई सम्मान गर्ने परिपाटी बसालौं: प्रचण्ड

सबैले सबैलाई सम्मान गर्ने परिपाटी बसालौं: प्रचण्ड

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सबैले सबैलाई सम्मान गर्ने परिपाटी बसाले मात्रै मुलुकको राष्ट्रिय एकता मजबुत हुने बताएका छन् ।

 

अध्यक्ष प्रचण्डले मुलुकको राष्ट्रिय एकतालाई सुदृढ बनाउन सबैले सबैको सम्मान गरेर अघि बढनुको विकल्प नरहेको स्पष्ट पारे । शुक्रबार काठमाडौंको बसन्तपुरमा आयोजित खड्गी समाजको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भने ‘एउटा जाति, एउटा भाषाले अरु जाति र भाषालाई अपमान गर्ने, विभेद तथा अन्याय गर्ने थितिको अन्त्य गरेर सबैले सबैको अस्तित्व स्वीकार गर्दा मात्रै सिंगो राष्ट्रको राष्ट्रिय एकता मजबुत हुन सक्छ' ।

 

सबैले आ–आफनो भाषाको, संस्कृति र परम्पराको जर्गेना गर्ने र त्यसका राम्रा पक्षहरुलाई अघि बढाउँदा सबै समुदायको उत्थान हुने पनि उनको भनाइ छ ।